मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २५, सोमवार

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अर्थशास्त्रीलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । रोयल एकेडेमी अफ साइन्सले सोमबार क्यानडा, अमेरिका र नेदरल्याण्ड्सका तीन अर्थशास्त्रीलाई नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

सोमबार गरिएको घोषणाअनुसार क्यानडाका डेभिड कार्डलाई आधा र अमेरिकाका जोशुआ डी एन्ग्रिस्ट र नेदरल्याण्ड्सका गुइडो डब्ल्यू इम्बेन्सलाई आधा गरी अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दिइने भएको हो ।

रोयल एकेडेमी अफ साइन्सका अनुसार डेभिड कार्डलाई उनले श्रम अर्थतन्त्रबारे गरेको अनुभवजन्य योगदानका लागि आधा र एन्ग्रिस्ट र इम्बेन्सलाई कारक सम्बन्धको विश्लेषणबारे गरेको विधिगत योगदानको लागि आधा नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।अवार्डको मूल्य १० मिलियन स्वीडेस क्रोनोर मूल्य बराबरको हुनेछ ।

यससँगै यस वर्षको सबै विधाको नोबेल पुरस्कारको घोषणा भएको छ । प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार घोषणा गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *