मुलुक डेस्क, काठमाडौंमा । २०७८ आश्विन २३, शनिवार

घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलालाई न्याय दिलाउन नेपालगञ्जबाट पैदल काठमाडौं आइपुगेको छ् । पीडितकाे पीडा सुन्नुको सट्टा माइतीघरको धर्ना स्थलबाटै उनीहरु लाई प्रहरीले पक्राउ गरेको छ् ।

माइतीघर मण्डलमा धर्ना दिइरहेका १४ जनाको टोलीलाई गएराति प्रहरीले पक्राउ गरेको हो । खाना खाई रहेका र सुतिरहेका धर्नाकारीहरुलाई प्रहरीले जबर्जस्ती उठाएर भ्यानमा हाली लगेको हो ।

यधपी प्रहरीले भने चाडबाडका बेला माइतीघरमा सुतिरहेको र त्यहाँबाट हट्न नमानेकाले सुरक्षित ठाउँमा सारिएको तर्क गरेको छ ।

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको र दोषी पत्ता लगाउन कुनै चासो नदिएको भन्दै १४ जनाको टोली न्याय माग्दै नेपालगन्जबाट हिँडेरै काठमाडौं आएर धर्नामा बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *