मुलुक डेस्क | आश्विन २३, २०७८ | शनिवार

सोनु झा र सोनी सलोनीको मैथिली गिती एल्बम पायलको छायांकन सुरुभएको छ र छिट्टै बजारमा आउने तयारीमा रहेको छ । सोनु सानै उमेरदेखि पढाई लेखाइमा अब्बल रहँदै बाल्यकालदेखि सदाबहार गायक उदितनारायण देखि कुमार सानू, सोनु निगमले गाएको विभिन्न गीतहरु गाउँदेखि शहरसम्म विभिन्न कार्यक्रममा गाउने गर्दथे ।

संगीतप्रतिको लगाव र रुचिले उनलाई भारत सम्म पु¥यायो र त्यहाँ उनले हिन्दी एल्बम पनि निकाले । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिकाको महोत्तरी निवासी झा आफ्नो जिल्लामा छोटा सोनु निगम भनेर पनि चिन्निछ ।


सोनु झा बाल्यकालदेखि सांगीतिक मञ्चमा माइक समाउँदै जिल्ला स्तरीय गायन प्रतियोगितमा उत्कृष्ट स्थान ल्याउन सफल भएका थिए । जलेश्वर सदरमुकामस्थित रेडियो अप्पन मिथिला द्वारा आयोजना गरिएको गायन प्रतियोगितामा झा प्रथम स्थान प्राप्त गरेका थिए ।
सोनु झा, सोनि सलोनीको अवाजमा छिटै मैथिली गिती एल्बम पायलको गित सजना अहि सगँ हमरा संसार चाहिँ मार्केटमा आउने भएको छ । गीतको शब्द एम जे प्रेमको छ भने सङ्गीत विशाल


चौरसिया र गीत रेकर्डिब मिक्सिब चन्दृका म्युजिक रेकर्डिब स्टुडियो जनकपुरधामको रहेको छ । महोत्तरी जलेश्वर निवासी एम जे प्रेमले मैथिली भोजपुरिका दर्जन भन्दा बढी गीतमा निर्देशन गरेका छन् । एम जे प्रेम एक कुशल कलाकार र अन्तर्राष्ट्रिय स्तरको डान्सर पनि हुन् । उनी अनेकौं डान्स प्रतियोगितामा नेपालको नाम रोशन गर्दै सम्मान पनि प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *