राजन झा, जनकपुरधाम । २०७८ आश्विन २३, शनिवार

जनता समाजवादी पार्टी नेपालका प्रदेश नंं २ संसदीय दलका उपनेता एवं प्रदेश सांसद रामअशिष यादवले पोखरभिण्डा औरहीम एक समारोहकाबीच नवनिर्मित केवट मंडल सामुदायिक भवनको उदघाटन गरेका छन।

सो अवसरमा उपनेता यादवले जन्ती/ बारात र भोजभतेर विधालयमा गर्ने कार्यलाई निरुत्साहित गर्ने उद्देश्यले सामुदायिक भवनको निर्माण गरिएको कुरा बताए।

प्रदेश सांसद यादवले सामुदायिक शिक्षा सुधार बिना प्रदेश र देशको समृद्धि हुन नसक्ने कुरा मा जोड दिए।
जग्गा दाता स्व. रेवि मंडलले सहयोग गरेको जग्गामा प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट ११ लाख ८७ हजार रुपैयाँको लागत केवट मंडल सामुदायिक भवनको निर्माण सम्पन्न भएको कुरा बताएका छन्।

समाजसेवी जैसि मंडलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जसपा जिल्ला उपाध्यक्ष अम्भु प्रसाद साह, नगर अध्यक्ष कमलदेव मंडल, कपटौलका पुर्व अध्यक्ष जगदीश मंडल, जसपा नेता गोकुल मंडल, समाजिक अभियन्ता सरोज कुमार मंडल, शंकर साह,केवट समाजका अगुवा रामचन्द्र मंडल सहितको सहभागिता रहेको थियो । कार्यक्रममा प्रदेश सांसद यादवले दाता परिवारलाई सम्मानित गरेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *