मुलुक डेस्क, ललितपुर । २०७८ आश्विन २१, बिहीवार

ललितपुरको लगनखेलमा दशैको अवसरमा अम्रेला मार्केटले धुम मच्चाएको छ् । लगनखेलबाट मंगलबजार जाने बाटोमा एविसि मार्केटमा रंगीविरंगी छाता सजिएको छ् । छाताले सजिएको बजार हेर्न सर्वसाधारणको भीड लागेको हो ।

छाता राखिएको बजारमा अहिले युवा युवतीहरु टिक टक बनाउन र सेल्फी खिच्न तछाडमछाड गरिरहेको देखिन्छ ।

केही समयअघि राजधानीको सुन्धाराको मार्केटमा छाता राखेपछि त्यहाँ जस्तै भीडभाड लगनखेलमा बढेको छ । पछिल्लो केही समयदेखि रंगीविरंगी छाता राखेपछि व्यावसाय बढ्ने आशाले छाता राख्ने चलन सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *