मुलुक डेस्क, पर्सा । २०७८ आश्विन २१, बिहीवार

जय लक्ष्मी बचत तथ ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा वीरगञ्जको होटल भिस्वामा भव्यताका साथ सम्पन्न भएको छ् ।

जय लक्ष्मी बचत तथ ऋण सहकारी संस्थाका अध्यक्ष नग नारायण सिंह एवं नेकपा एमालेका नेता शम्भु प्रसाद गुप्ताले सो साधारणसभाको समुदघाटन संयुक्त रूपमा गरेका थिए ।

सभामा गुप्ताले सहकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारी लाई अब उत्पादनमुलक र सेवामुलुक बनाएर मात्र बेरोजगारी हटाउनुकाे साथै मुलुककाे आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए।

संस्थाका अध्यक्ष एवम् सभाका सभापति सिंहले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक एवं सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए । उनले मैत्रीय सहकारी संस्थाले कोभिडको महामारीमा पनि आफ्ना बचतकर्ताहरुका लागि समर्पित भएर काम गरेको उल्लेख गरे ।

साधारणसभामा सहकारी संस्थाको आ.व. ०७७/७८ को आर्थिक प्रतिवेदन र ०७८/७९ को कार्ययोजना अध्यक्ष सिंहले प्रस्तुत गरेका थिए । उत्कृष्ट कार्य बापत संस्थाका संजय झा, विवेक सिंह र नवल गुप्तालाई सो अवसरमा पुरस्कृत गरिको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *