मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २०, बुधवार

नेपाली चलचित्रका चर्चित अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘माया पिरेम’ बोलको गीतमा साम्राज्ञीसँगै भिडियोमा देलविस दर्शनधारी, अलिसा र राज रोहन तुम्बाहाम्फेको अभिनय रहेको छ।

भिडियोलाई दिपेश सापकोटाले निर्देशन गरेका छन्। ट्री इन्टरटेन्मेन्टले निर्माण गरेको उक्त गीतलाई चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा भरेका छन्।

डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ। माइकल चन्दको गीतमा कोरियोग्राफी रहेको छ। भिडियोलाई ट्री इन्टरटेन्मेन्टको अफिसियल यु—ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *