राजन झा, जनकपुरधाम। २०७८ आश्विन १६, शनिवार

कामना सेवा बिकास बैंक लिमिटेड ले जानकी मन्दिरमा डस्टबिन तथा मास्क हस्तान्तरण गरेको छ ।

कामना सेवा बिकास बैंक लिमिटेडका हरिवन क्लस्टरले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शनिवार जानकी मन्दिरमा मास्क बितरण कार्यक्रम तथा १५ थान डस्टबिन मन्दिरका महन्थलाई हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा बैंकका प्रदेश २ का प्रमुख राकेश सिंह लगायत जनकपुर, हरिवन, मिर्चैया र बर्दिबास शाखाका सम्पुर्ण कर्मचारीहरुको सहभागीता रहेको थियो ।

आउदो दशैमा कोरोना रोकथाम गर्न सचेत रहन र मास्क लगाउन जनचेतनामूलक सन्देश रहेको प्रदेशका प्रमुख सिंहले बताए ।

जानकी मन्दिर परिसरमा फोहर ब्यबस्थापन गर्न डस्टबिनले केही टेवा पुग्ने तथा मन्दिर सफा राख्ने सन्देश उक्त कार्यक्रमको उद्देश्य रहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *