राजन झा, जनकपुर । २०७८ आश्विन १६, शनिवार

३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा धनुषाको शहिदनगर नगरपालिकाको विभिन्न वडाबाट ९ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै जेष्ठ नागरिकहरुले आफ्नो छोरा समेतले कहिले नदिएको सम्मान नगर प्रमुखले दिएको भन्दै गौरवान्वित महसुस गरे ।

नगर प्रमुख उदय कुमार बरबरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै सहभागी जेष्ठ नागरिकहरुले मेयर बरबरियाको खुलेर प्रशँसा गरे । उनीहरुले छोरा भन्दा पनि उमेर लाग्दा मेयरले विभिन्न तवरबाट हेरचाह गरेको बताए ।

सहभागी जेष्ठ नागरिकहरुले समाजिक सुरक्षा भत्ताको नियमितता, कोरोना कालमा निःशुल्क औषधीको व्यवस्था, यातायातको व्यवस्था सहित आज सम्मान पनि गर्दा गौरव महसुस भएको प्रतिक्रिया दिएको थियो ।

कार्यक्रममा बोल्दै मेयर बरबरियाले उपस्थित जेष्ठ नागरिकहरुसँग आशिर्वाद थाप्दै उनीहरुको समस्याबारे छलफल गरेका थिए । जेष्ठ नागरिकहरुले सरकारले दिने सेवा सुविधा सहित नगरपालिकाबाट दिइने थप सुविधाहरुले सन्तुष्ट भएको प्रतिक्रिया दिएको थियो ।

३१ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सबै वडाबाट एक–एक जना जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । वडा नम्बर १ देखि ९ सम्मको क्रमशःविल्टी देवी खत्वे, कारी देवी यादव ,अमिरिया देवी हजामनी, राम सुनरी देवी यादव, घुरनी देवी मंडल, कृष्ण कुमारी देवी सिँह लगायतलाई सम्मान गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सत्रुध्न प्रसाद यादवले ९ वटै वडाका जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा नगरपालिकाका कर्मचारीहरु, आम नागरिक, स्थानीयवासी, जेष्ठ नागरिकहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *