मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन १४, बिहिवार

काठमाडौं । नेपालीहरुको महान पर्व बडा दशैंको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष दशैं बम्पर योजना ल्याएको छ । बैंकले रेमिट्यान्स मुद्दती खातामा १०.५१ प्रतिशतसम्म उच्च ब्याजदर मासिक रुपमा प्रदान गर्ने भएको हो । 

असोज १ गतेदेखि लागू भएको सो योजनामा विदेशबाट सानिमा एक्सप्रेस वा स्वीफ्ट मार्फत बैंकमा पठाएको रकमलाई रेमिट्यान्स मुद्दती खातामा परिमार्जन गर्दा बैंकले १०.५१ प्रतिशत सम्म उच्च ब्याजदर दिइरहेको छ । 

साथै बैंक खाता खोल्दा पहिलो वर्षका लागि डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मेरो शेयर, डिम्याट खाता, अमेरिकी डलर ई–कार्ड निःशुल्क प्रदान गरिनेछ ।

यसका साथै बचत खातामा ५ प्रतिशत सम्म ब्याजदर प्रदान गरिनुका साथै दुर्घटनामा मृत्यु भएमा वा स्थायी अपाङ्गता भएमा १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, ३ लाख रुपैयाँ बराबरको घातक रोगको बीमा, ५० हजार रुपैयाँ बराबरको मेडिकल बीमा, वार्षिक ५ हजार रुपैयाँ बराबरको वार्षिक बहिरंग उपचार खर्च र ५ हजार रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण सेवा ग्राहकहरुलाई  प्रदान गरिने छ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *