मुलुक डेस्क, काठमाडौं | २०७८ आश्विन १३, बिहीवार

नबिल बैंक लिमिटेडले २०२१ का लागि एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) द्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । सोही अवार्ड नबिल बैंकले गतवर्ष पनि प्राप्तगर्न सफल भएको थियो । एशियाली विकास बैंकको (TSCFP) द्वारा व्यापार बित्तको बजारलाई उत्थानगर्दै व्यापारलाई हौशला दिने उद्देश्यका साथ बैंकहरुलाई जमानी र ऋण प्रदान गर्दछ । ट्रेड फाइनान्स प्रोग्रामले जमानीर ऋण मार्फत बजारमा रहेका कठिनाईहरु अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिलगर्न देशहरूलाई सशक्त पार्दछ ।

एशियाली विकास बैंक – ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम घोषणा अनुसार नबिल बैंकले १ जुलाई २०२० देखि ३० जून २०२१ सम्म नेपालमा (TSCFP) संग सबैभन्दा बढी कारोबार रेकर्ड गरेको थियो । सन् १९८४ देखि आफ्ना आदरणीय ग्राहकहरुलाई समायनुकुल सेवा प्रदानगर्दै आएको यस नबिल बैंकको १३५ शाखा, १८४ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमाको सेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *