राजन झा, जनकपुर । २०७८ आश्विन १४, बिहिवार

जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम देखि थोरै टाढा धनुषामा एक बालिकाले आत्महत्या गरेकी छिन् ।

धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ खजुरी टोल बस्ने १२ वर्षीया ममता कामतले बिष सेवन गरि आत्महत्या गरेकी हुन् ।

स्थानीय केही उदण्ड युवकहरुले उनलाई ट्यूसन पढेर फर्किदैइ गर्दा जिस्काएपछि न्याय माग्न सरोकारबाला निकायमा धाएपनि न्याय नपाउँदा अन्तयमा बिक्षिप्त भई आत्महत्या गरेकी छिन् ।

भदौ २३ गते ट्यूसन पढेर घर फर्किदै गर्दा सोही स्थान बस्ने १९ बर्षिय भिल्बा दास, २० बर्षिय कलेश्वर दास र २२ बर्षिय सँजय दासले बालिकामाथि दुरव्यवहार गरेको थियो । तीन जनाले ममतालाई समातेर गाली गलौच, दुर्व्यवहार गर्दै एउटा कागजको पर्चीमा आफ्नो मो. नम्बर लेखेर दिएका थिए ।

ममतालाई दुर्ब्यवहार गर्दा उनले आफ्नो परिवारजनलाई बताएकी थिइन् । घटनाको जानकारी पाएलगत्तै उनका परिवारजनले नजिकै रहेको इलाका प्रहरी कार्यालय खजुरीमा उजुरी दर्ता गराउन पुगेको थियो ।

तर, बयान अपुग भएपछि प्रहरीले उजुरी दर्ता गर्न मानेनन् । गत भदौ २४ गते पिडित परिवारले दिएको उजुरी प्रहरीले पीडित बालिकाको बयानपछि मात्र दर्ता गर्ने भनेपछि दर्ता हुन सकेनन् ।

प्रहरीले स्थानीय तहको न्यायिक समिति मार्फत घटना मिलाउन सल्लाह दिएको मृतक ममताको बुवा सुरेश कामतले बताए । त्यसपछि वडा नम्बर ४ का वडाध्यक्ष हरिशचन्द्र कामतलाई गुहार लगाएको बताइएको छ् ।

वडा कार्यालयमा भदौ २५ गते छलफल भएपनि घटनाको निष्कर्ष नलाग्दै दुर्ब्यवहार गर्ने पक्षका रामउदगार दासले होहल्ला गरेपछि छलफल निष्कर्षमा पुग्न नसकेको वडाध्यक्ष कामतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *