मुलुक डेस्क, सप्तरी | २०७८ आश्विन १३, बुधवार


तिलाठीकोइलाडी गाउँपालिकाको विपद् पोर्टलको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झाले एक कार्यक्रमबीच पोर्टलमा लगइन गरी उद्घाटन गरे । सक्षम परियोजना अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिका, कोशी पीडित समाज र युथ इनोभेशन ल्याबको समन्वय तथा सहकार्यमा गाउँपालिकाको विपद् पोर्टल तयार गरिएको हो ।


तिलाठीकोइलाडी गाउँपालिकामा सन् २०११ देखि हालसम्मको भएको विपद्का घटनाहरुको विस्तृत विवरण यस पोर्टलमा राखिएको र आगामी दिनमा यस पोर्टललाई अझ अद्यावधिक गर्दै लगिने पोर्टल तयारीको लागि गाउँपालिकामा रहेका डिआरआर फेलो विपुल वास्तोलाले जानकारी दिए । विपद् पोर्टल सञ्चालनको म्यानुअल डिआरआर फेलो वास्तोलाले प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झालाई हस्तान्तरण गरे ।


विपद् पोर्टल उद्घाटनको अवसरमा प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झा, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाले पोर्टलको प्रयोग लगायतको बारेमा मन्तब्य ब्यक्त गरेका थिए :

  • विपद् पोर्टलमा लग इन गरी शुभारम्भ गर्दै प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झा ।
  • विपद् पोर्टल सञ्चालनको म्यानुअल प्रमुख प्रशासकीय अधिकृत केशवकुमार झालाई हस्तान्तर गर्दै आरआर फेलो विपुल वास्तोला ।
  • विपद् पोर्टल उद्घाटनपछिको सामुहिक तस्विर ।

स्वास्थ्यको बार्षिक समिक्षा सम्पन्न

तिलाठी कोइलाडी गाउँपालिकाको स्वास्थ्य शाखाको बार्षिक समिक्षा गोष्ठी बुधबार सम्पन्न भएको छ । मंगलबारदेखि शुरु भएको बार्षिक समिक्षा बुधबार सम्पन्न भएको हो । सो कार्यक्रममा गाउँपालिकाको आठ वटै स्वास्थ्य संस्थाबाट पछिल्लो आर्थिक बर्षमा सञ्चालन भएका स्वास्थ्यसँग सम्बन्धित गतिविधिहरुको प्रस्तुतीकरण गरिएको थियो ।

बार्षिक समिक्षामा खोप, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन सेवा, पोषण, ओपिडी सेवा लगायतको बारेमा स्वास्थ्य संस्था प्रमुखहरुले प्रस्तुतीकरण गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनिया लाल यादवले गुणस्तरीय स्वास्थ्य सेवाका लागि गाउँपालिकाले स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न बनाउनुपर्ने र प्रभावकारी अनुगमन गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *