राजन झा, जनकपुर । २०७८ आश्विन १३, बुधवार

जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा जितिया मेला भब्यताका साथ सुरु भएको छ । एक समारोहबीच पूर्वमन्त्री एवं लोसपा नेता उमाशंकर अरगरियाले मेलाको उद्घाटन गरेका हुन् ।

दुई दिनसम्म चल्ने जितिया मेला उद्घाटन समारोहको विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष मिरा सहनी रहेकी थिइन् ।

यस्तै वडाध्यक्ष प्रमेशवर मण्डल, शिबनाथ साह लागायत नेता कार्यकर्ता, युवा, बुद्धिजिविहरुको उपस्थिति रहेको थियो ।

तराई मधेसमा श्रद्धापूर्वक तीन दिनसम्म जितिया पर्व मनाइन्छ । सन्तानको सुख (विशेष गरि पुत्र), शान्ति र दिर्घायुको कामना गर्दै महिलाहरुले ३६ घण्टासम्म निराहार बसेर जितिया पर्व मनाउने गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *