बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन १२, मंगलवार

झण्डै एक दशकदेखि सूचना अभियन्ताका रूपमा समेत सक्रिय पत्रकार शैलेन्द्र महतोलाई राष्ट्रिय सूचना आयोगले पुरस्कारद्वारा सम्मानित गरेको छ।

जनकपुरमा सूचना अभियन्ताका रूपमा क्रियाशील पत्रकार महतोलाई आयोगले अन्तर्राष्ट्रिय सूचना दिवसका अवसरमा मंगलबार ३५ हजार रुपैयाँ राशिको ‘विनय कसजु उत्कृष्ट अभियन्ता पुरस्कार–२०७८’ प्रदान गरेको हो।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले संयुक्त रूपमा दोसल्ला र प्रमाणपत्रका साथ पत्रकार महतोसहित १३ जनालाई पुरस्कार हस्तान्तरण गरेका हुन्।

उत्कृष्ट सूचना अभियन्ता ५ जना, उत्कृष्ट सूचना अधिकारी ५ जना र उत्कृष्ट ३ जना कर्मचारीलगायत १३ जनालाई आयोगले काठमाडौंमा कार्यक्रम आयोजना गरी पुरस्कार दिएको हो।

उत्कृष्ट सूचना अभियन्ता पुरस्कार अन्तर्गत अजयकुमार साह (उदयपुरं), डा. मुन्नाकुमार मिश्र (बारा), ईश्वरा तिवारी (झापा) र रामपुकार रौनियार (पर्सा) रहेका छन्।

यसैगरी उत्कृष्ट सूचना अधिकारी पुरस्कार पाएकाहरूमा दयाराम तिवारी (राष्ट्रिय मुस्लिम आयोग), सुरजकुमार भुजेल (थाहा नगरपालिका, मकवानपुर) राजेश चौधरी (प्रदेश निर्वाचन कार्यालय, कैलाली), नवराज गिरी (जिल्ला हुलाक कार्यालय ताप्लेजुङ), सरोज खतिवडा (जिल्ला हुलाक कार्यालय खोटाङ) छन्।

यस्तै उत्कृष्ट कर्मचारीतर्फ कपिलप्रसाद उपाध्याय (उपसचिव), शान्ति वाग्ले (कानुन अधिकृत) र रविन गौतम (कम्प्युटर अपरेटर) ले पुरस्कार पाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *