बद्री नाथ झा, जनकपुर । २०७८ आश्विन १२, मंगलवार

महोत्तरी : नेपाल भारत महिला मैत्री समाजले महोत्तरी जिल्लाको विभिन्न ५ स्थानीय तहमा राहत बितरण गरेको छ । भारत सरकारबाट प्राप्त सहयोग नेपाल भारत महिला मैत्री समाजले एक कार्यक्रमकोबीच उक्त स्थानीय तहका करिव एक सय बाढीपहिरो पीडित घर परिवारलाई राहत बितरण गरिएको हो ।

मटिहानी, बलबा, जलेश्वर,एकदाढा र लोहपट्टि लगायत स्थानीय तहका पीडितहरुलाई स्थानीय प्रतिनिधिको उपस्थितिमा राहत बितरण गरिएको थियो । त्यस्तै बिपद ब्यबस्थापनमा खटिने सुरक्षा निकायका लागि २० थान टेन्ट जिल्ला प्रशासन प्रमुखलाई हस्तान्तरण गरेका थिए ।

करिव ४० लाख मुल्य बराबरको अस्थायी बसोबासका लागि सामग्री रहेको सांसद चौधरीले बताइन । राहत पीडित परिवारसम्म पुग्ने उनले बिश्वास ब्यक्त गरिन । नेपाली जनताको दुखमा जहिले पनि भारत सरकार सहयोग गर्दै आइरहेको स्मरण गर्दै अहिले पनि सहयोग गरेको बताउदै उनले धन्यवाद ब्यक्त गरिन् ।

महोत्तरी जिल्ला बिपद ब्यबस्थापन समितीका अध्यक्ष तथा जिल्ला प्रशासन प्रमुख तिर्थराज भट्टराईले बाढी पहिरो तथा आगलागीबाट घरबार बिहिनका लागि अस्थायी टेन्ट लगायतका सामग्री सहयोग गरेकोमा महिला मैत्री समाज र भारत सरकारलाई धन्यबाद ब्यक्त गरे ।

कार्यक्रममा प्रदेश २ सांसद, जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो । सो अबसरमा पीडितहरुको अस्थायी बसोबासका लागि ठूलो टेन्ट ३० थान , सानो टेन्ट ५५ थान, मझौला टेन्ट २५ थान, त्रिपाल १०० थान र प्लाष्टिकको गुन्द्री २०० थान लागयतको सामग्री रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *