राजन झा, जनकपुरधाम । २०७८ आश्विन ११, सोमवार

धनुषाको लक्ष्मीनियाँ गाउँपालिका वडा न. ७ स्थित श्री लक्ष्मीनिया जनता मा.वि. कुम्ह्रौडा विद्यालयमा छात्रालाई साइकल वितरण गरिएको छ् । व्यवस्थापन समितिका अध्यक्ष एवंम वडा अध्यक्ष गंगा साहको अध्यक्षतामा उक्त साईकल वितरण कार्यक्रम सम्पन्न भएको थियो ।

लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष विन्देश्वर यादवको प्रमुख अतिथ्यमा प्रदेश सरकार, प्रदेश नं २ का “मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाउ” अभियान अन्तर्गत हाल कक्षा ९ मा अध्ययनरत ७० जना छात्राहरुलाई साइकल वितरण गरिएको थियोे ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष श्रीमती इन्द्रकला यादव, जसपा नेता घनश्याम यादव, मुख्यमंत्री का प्रेस सल्लाहकार लक्षमण यादव , गाउँपालिका शिक्षा संयोजक जयकुमार यादव, वडा सदस्य शिवशंकर झा, सत्यनारायण यादव, श्रीमती चन्द्रा मण्डल, गाउँका भद्रभलादमी, अभिभावक, समाज सेवी, शिक्षाप्रेमी, वुद्धजिवि लगायत विद्यालयका सम्पुर्ण शिक्षक कर्मचारी परिवारको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *