मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ११, सोमवार

जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बुधवार महिलाहरुका लागि सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै सार्वजनिक विदाबारे जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाहरुका लागि असोज १३ गते विदा समेत दिएको हुँदा सम्पूर्ण ब्रतालु महिलाहरुलाई निष्ठा पूर्वक जितिया पर्व मनाउन अपिल गर्दछु ।

पुत्रको दीघायूको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् । उनले सन्तान प्रति स्नेह झल्काउने यस महापर्वले प्रदेशभरी नै आस्थ र प्रेम कायम गरुन भनि कामना पनि गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *