मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ८, शुक्रवार

काठमाडौं । कामना सेवा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.९७ प्रतिशत नगद लाभांश गरि कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको बिहिकार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुनेछ । 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *