
राजेश्वर डी. श्रेष्ठ | २०७८, असोज २
सत्ताका लागि दलहरु टुक्रा टुक्रामा विभाजित हुँदै गर्दा, एक आपसमा आरोप र प्रत्यारोप लाग्छन्! लगाउँदै गर्दा, एक अर्काको सांसद लुछाचुडी गर्दै विदेशीको इशारामा नांगो नाच नाच्दै र पुच्छर हल्लाउँदै गर्दा नौटंकी देखाउने दल, दलका नेता र उनीहरुका गिर्दो र लाज लाग्दो क्रियाकलाप छरपष्ट हुँदै गर्दा, यता नेपाली जनमानसको मन र दृष्टिकोण भने हिन्दु अधिराज्य मुलुक र राजसंस्था पुनस्र्थापनामा केन्द्रित हुँदै गइरहेको छ।
राजा, राजमुकुट, राष्ट्रिय झण्डा र वैदिक सनातनका रुपबाट अविरल निरन्तर चलीरहेको प्रवाहबाट जसरी जनता र राजा एक अर्काको परिपुरक बन्दै आएका थिए त्यसको दुःखद अन्त्यको चोट नेपाली जनताले अहिले पनि महसुस गरिरहेका छन्। नब्बे प्रतिशत जनताको भावना माथि कुठाराघात गर्दै विदेशी इशारामा नांगो नाच नाच्ने नेताहरुको अतृप्त इच्छा र अभिमानी सोचका कारण जनता, राष्ट्र, धर्म र राजसंस्था बीचको सम्बन्धमा षड्यन्त्र मुलक ढङ्गले विच्छेद बनाइ दियो।
झट्ट हेर्दा, कहि कतै कहिले काही र कोही थुप्रा मान्छेहरु नेपालको राष्ट्रिय झण्डा र राष्ट्रिय गीत गाउँदै, बजाउँदै, नाच्दै सडक सडकमा र पाखा पहरा अनि मण्डला जस्ता ठाउँहरुमा चहल पहल गर्दै गरेको देखिन्छ। राजा आउ देश बचाउ देखि राजा ल्याँऔ देश बचाऔं सम्मका आवाज गुञ्जी रहेको देखिन्छ। थोरै मान्छेको जमातले गुन्जाउँदै गरेको राष्ट्रिय भाव ओतप्रोत राजसंस्था प्रतिको आस्था, विश्वास र भरोसाको भाव, अभिव्यक्ति अनि देृशको वर्तमान अवस्था प्रति को चिन्ता ग्रस्त प्रस्तुतीले ती थोरै प्रतिनिधि पात्रका रुपमिा उभिएका सच्चा नोपलीो त्यो बुलंन्द पना भने कुनै महा आन्दोलनका छनक पनि प्रस्तुत भई रहेको महसुस हुन्छ।
परिवर्तन पछि दल तथा नेताहरुले देखाएका तुच्छ स्वार्थ, अभिमानीपना, राजनीतिक दरिद्रता, विदेशी आशक्तता, खोक्रो राष्ट्रवाद, देखावटी राष्ट्रियता, अकुत र असिमित सम्पत्तिको जोहो, चरम भ्रष्टाचार, नैतिक रसातल, अनि सत्ता, स्वार्थ र निरंकुश राजनीतिका कारण जनता अब त्यसको अन्त्य र विकल्पको मानसिकतामा पुगेको देखिन्छ। जसलाई सत्ताधारीहरुले अनदेखा गरिरहेका छन्।
दल जनता र देश एक अर्का बाट विभाजित मानसिकतामा देखिन्छ। दल र दलका नेताहरुको प्रवृत्तिबाट जनता बाक्क दिक्क भएका छन्। उनीहरुका क्रियाकलाप अव जनताका लागि गाइजात्रे विकल्प जस्तै बन्न पुगेको छ। एक किसिमले भन्ने हो भने विचित्र अवस्था छ। दलहरु आ–आफ्नै डम्फु बजाइरहेका छन् भने जनता भने डम्फुको तालमै पूर्णरुपमा फेर्नुपर्ने मानसिकतामा पुगेका छन्।
वर्तमान संविधानले राजा देख्दैन र चिन्दैन पनि। सनातनिक हिन्दु अधिराज्य, सनातनिक राजसंस्था, राष्ट्रिय एकता अनि जनभावनको कदर जनताले चाहेका छन्। जनता यही सोधि रहेका छन्, “नब्बे प्रतिशत जनताको भावनाको कदर खै ? राष्ट्रिय स्वाभिान खै? राष्ट्रिय एकता खै ? देशको मान सम्मान खै ? खै कहाँ छ हिमशिखर झौ उँचो नेपाली स्वाभिमान? खै राष्ट्रिय गौरव? प्रश्न निरउत्तर नै छ, रही रह्यो!
परिवर्तन पछि जनताले वास्तविक परिवर्तनको अपेक्षा राखेका थिए। तर त्यो परिवर्तन सिमित केही व्यक्ति, दल, दलका नेता कार्यकर्ता, उनीहरुकै आफ्न्त र आसेपासेका लागि मात्र आएको महसुस जनताले गर्दैछन्। कार्यकर्ता र जनता बीचको फरक नेता र राष्ट्रले गर्न सकेन ? आसेपासे रमाउने र जनताका आँखामा छारो हाल्ने प्रवृत्तिमा लिप्त भएकै कारण अहिले जनता अर्को परिवर्तनको यज्ञमा होमिदै गरेका छन्। यो कुरा सत्ताधारी र अन्य नेताहरुलाई महसुस छ कि छनै ?
पटक पटक महामारीको प्रकोप हुँदा पनि, नागरिक उपचार नपाई मृत्युशैयामा पुग्दै गर्दा पनि, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले आक्रान्त हुँदै गर्दा पनि, खान बस्न लगाउनका लागि हातहरु फैलिंदै गर्दा पनि परिवर्तनकारी भनाउँदाहरु भने कर्तव्य, दायित्व नैतिकता, लाजशर्म पचाएर आ–आफ्ना झुण्ड बोकी सडक सडक र गल्ली गल्लीमा एक अर्कालाई सत्तो–सराप्दै शक्ति र सत्ताका लागि नांगोनाच देखाउँदै थिए। ढ्याङग्रो ठोक्दै थिए। जनताको मान, सम्मान र स्वाभिमानको अपमान गर्दै थिए। जनता प्रतिको जिम्मेवारीको त्यो ठूलो अपमान थियो।
मृत्युसंग जुधिरहेका नागरिकको जीवनरक्षार्थ प्राप्त हुने औषधिमा कमिशन र भ्रष्टाचारको विष मिसाउने काम गर्दै थिए। यी केही यस्ता प्रतिनिधि पात्र र घटना मात्र हुन्। जनताका नजरमा धेरै त्यस्ता घटना पिरोली रहेका छन् जो भूलको पिडा महसुस गराइरहेका छन्।
विसंगती विकृति अनि भ्रष्टाभारको क्षेत्र बढदै मात्र गएको छैन, त्यसले नागरिकमा एक किसिमको वितृष्णा र असैहार्यदता बढाउँदै लगेको छ। निराशा चरम सिमामा पुगेको छ। जनताको सहनशिलता सिमा नाघदै अब विकल्पको खोजीमा छन्। मानसिक रुपमा एउटा स्वरुप र परिस्थितिको कल्पना गर्दैछन्। लाग्छ आगो सल्किदै छ, विस्तारै विस्तारै भुसको आगो जस्तै? पुनः परिवर्तन र संस्थागत राज्य संचालनको खोजीमा !
राजसंस्था अपरिहार्य हो

हरिवोल भट्टराई , अध्यक्ष
सनातन संस्कृति समाज नेपाल
नेपाल सबैभन्दा प्राचिन र प्रतिष्ठित मुलुक हो। र यो मुलुकको निर्माण पृथ्वीनारायण शाहले गरेको हो। हामी देशवासीको रुपमा गर्व गर्छौ भने त्यसको श्रेय पृथ्वीनारायण शाहलाई नै जान्छ। कुनैपनि देशको निर्माण हुँदा त्यसको संस्कृति र परम्पराको ठूलो महत्व हुन्छ। साथै राष्ट्रियतासंग त्यो संस्कार र परम्परा जोडिएको हुन्छ। राष्ट्रियतालाई बलियो बनाउने कडीको रुपमा सनातन संस्कृति, धर्म र वैदिक परम्परालाई तहसनसह पार्ने विदेशी शक्तिको सकृयतामा राजनीति र राजनीतिज्ञ गोटी बनेको छ। धर्म संस्कृति परम्पराले एकाकार बनाएको नेपालीलाई धर्म सम्बन्धी विवाद निम्त्याएर सनातनिक परम्परा तहसनहस बनाएको छ।
नेपालको यही सनातनिक संस्कृति र परम्पराले नै राजसंस्था स्थापना गरेको हो। राजसंस्था अनि सनातनिक संस्कृतिक परम्परा र एकता एक अर्काको आधारशिला हुन्। हाम्रो राजसंस्था भनेको जनतासंग मिलेर हिडने, साना ठूला नभन्ने, सबैको भावना बुभ्mन प्रयास गर्ने हो। वैदिक सनातन संस्कृतिमै हुर्केको हुँदा सनातनिक संस्कृतिको कडीको रुपमा राजा र राज संस्था रहेको छ। तसर्थ सबै नेपालीलाई एक थुनमा बाँधेको छ तर अहिले त्यो छिन्न भिन्न भएको अवस्था छ।
संस्कृति परम्परा र वैदिकतामा ठुलो प्रहार भइरहेको छ। त्यो एकता बिथोलिएको छ। परम्परा र सांस्कृतिक भावना मा चोट पुगेको छ। त्यसैले पनि वैदिक सनातन धर्म र राजसंस्था अति आवश्यक भएको हो ।
सनातन धर्मबाट नै राजसंस्था जन्मेको, हुर्केको वा चलायमान भएको हुँदा अहिले पनि त्यसकै माध्यबाट राजसंस्था पुनस्थापना गर्न सकिन्छ। सनातन धर्मले नै देश बचाइ रहेको छ। राष्ट्र, राजा र जनतालाई यही सनातन धर्मले नै एकताको सूत्रमा गासिँ राखेको छ।
राष्ट्रलाई एक ढिक्का पार्न, सक्षम र समृद्ध बनाउन अनि राष्ट्रको स्वाभिमान उच्च राख्न सनातनिक धर्म, जनता र राजाको संयुक्त पहलबाट नै संभव छ। तर अहिले त्यस्तो अवस्था छैन। देश छताछुलल, भताभुङ्ग र विभक्त मानसिकतामा छ। अनि भ्रष्टाचार र अनियमितता एवं नेताको स्वार्थका कारण मुलुक ज्यादै कठिन र गम्भीर अवस्थामा छ।
राजसंस्थाको अपरिहार्यताको कुरा गर्दा पहिलो कुरा त नेपाल राष्ट्रको निर्माणमा तिनै राजाहरुका वंशजको हात रहेको हो। वैदिक सनातनिक धर्म र संस्कारमा राजसंस्था रहेको र त्यही परम्परा र संस्कारमा नेपाली जनता हुर्केको कारणले जनताको मन भित्रदेखि नै त्यो परम्परा र संस्थाप्रति सम्मान रहेको छ र त्यही चाहन्छन् पनि। अर्को महत्वपूर्ण कुरा के बिर्सनु हुन्न भने नेपालको त्यो परम्परा र निरन्तरतालाई समाप्त पारी ९० प्रतिशत जनताको भावना कुल्चेर जसरी नेपाल राष्ट्रको पहिचान समाप्त पार्न विदेशी चलखेल भयो र विदेशीको इशारामा नेताहरु नाचे त्यसैले नेपालमीमा ठूलो चोट पु¥याएको छ। त्यसको समाधानका राष्ट्रिय पहिचान र जागरणका लागि पनि सनातनिक हिन्दु अधिराज्य र राजसंस्था अपरिहार्य छ ।
देश र जनताको अभिभावक राजा नै हो

लाक्पा तामाङ
अध्यक्ष
रा.प्र.पा. नेपाल
राजा–राजा भनिरहनु भएको छ, राजा आउने आधार र आवश्यकता के हो? हामीले राजा मात्र भनिरहेका छैनौ। राजा भनेको त व्यक्ति हो। राजसंस्थाको कुरा हामीले गरेका हौं। हुन त राजा–राजा भन्नेहरु सडकमा धेरै छन्। सडक–सडकमा राजा आउ देश बचाउ भनेर नारा लगाउने कराउने र उफ्रिनेहरु पनि त्यत्ति कै छन्। तर त्यसरी राजा आउने होइन? राजालाई त ल्याउने हो। जसले राजगद्दी त्यागेर जनतामा धुमिल भएर रहेकालाई आउ आउ भनेर मात्र हुँदैन? ल्याएर स्थापित गर्नपर्छ। हामी र हाम्रो पार्टी त्यसैका लागि दत्तचित्त छौं।
राजा ल्याएर स्थापित गर्ने भन्दैमा जो कोहीलाई ल्याउने होइन? पहिलो कुरा त राजा बनाएर राजसंस्था पुनस्थापित गर्नु हो। अब राजसंस्था किन चाहियो भन्ने सन्दर्भमा देश कहाँ पुगि सक्यो, वरबाद भै सकेको छ। अशान्ति, अशिक्षा, गरीबी र बेरोजगारीले जनता आक्रन्त भइसेकेका छन्। अनीहरु अब परिवर्तन चाहि रहेका छन्। दल र दलका नेताहरु जनता भजाएर आफु र आफ्नाहरु मात्र समृद्ध बनाइ रहेका छन्। वास्तवमा जनताको मनोभाव बुभ्mने काम कहि कतैबाट भएको छैन्।
तसर्थ जनताको भरोसा राजा र राजसंस्थामा केन्द्रित हुँदैछ। देश अभिभावकबिहिन जस्तै बन्न पुगेको छ। दिशाहीन बन्न पुगेको छ। जनतामा भयंकर निराशा छाएको छ। त्यसैले जनता स्वयंमले राजसंस्थाको पुकार गर्दैछन्। अब जनता आफैले राज संस्था पुनस्थापना गर्नेछन्। ढिलो चाडोको कुरा हो – यो हुन्छ। जनमत संग्रहबाट हुन्छ या संविधान परिमार्जन गरेर हुन्छ। हाम्रो प्रयास राजसंसथा पुनस्थापित गर्नु नै हो।