मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ५, मंगलवार

महोत्तरीमा जंघा पुलको निर्माण कार्य सम्पन्न भएको छ् । औरही नगरपालिकामा पर्ने श्रीपुर र कबिलासालाई जोड्ने जंघा खोलामा पक्की पुल निर्माण भई संचालनमा आएको छ । पक्की पुल निर्माण भएपछि वर्षौंदेखि स्थानीय बासिन्दाले भोग्दै आएका हैरानी र जोखिम अन्त्य भएको नगरपालिका प्रमुख सुनिल कुमार यादवले बताएका छन ।

तत्कालिन भौतिक योजना पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधि को बेला नेपाली काङ्ग्रेसका महोत्तरी जिल्ला सभापति महेश्वर रायको पहलमा महोत्तरी जिल्लाको सोनमा, हर्षपुर र श्रीपुर लगाएत तीनै पुलको २०७२ सालमा एक्कै साथ सम्झौता भई काम शुरु गरिएको थियो । हाल सबै पुल तोकिएको समय सीमाभित्र निर्माण भएपछि वर्षौंदेखिको त्यहाँको मुख्य समस्या हटेको भन्दै स्थानीय बासिन्दा खुशी भएका छन् ।

२९ करोड लगानीमा निर्माण भएको जंघा खोलाको पुल १९५.९५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको छ । पुल निर्माण तोकिएको समय मै सम्पन्न भएपछि त्यसको क्षेत्रमा चहलपहल बढ्न थालेको छ् । वर्षातमा ज्यान जोखिममा राखेर आवातजावत गर्नुपर्ने बाध्यता सधैँका लागि अन्त्य भएको स्थानीय बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *