मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ४, सोमवार

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा रू १० मात्र शेवा शुल्क लाग्ने भएको छ ।

फोनपे डाइरेक्ट मार्फत रू १०० देखि दुई लाख रूपैयाँसम्मको रकम ट्रान्स्फर गर्दा अबदेखि मात्र रू १० शुल्क लाग्ने भएको हो । यसअघि रकमको परिणाम अनुसार शुल्क लाग्दै आएको थियो । यो शुल्क नेपालमा अन्तरबैंक करोबार गर्दा लाग्ने सबैभन्दा कम शुल्क हो ।

फोनपे मार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाईल नम्बर उल्लेख गरेर सहजै रकम पठाउन सकिने कम्पनीले बताएको छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्थाका मोबाईल एप्स्मा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरि सहजै रकम पठाउन सकिन्छ ।

फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् ।

फोनपेमा हालसम्म ५ लाखभन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्तातथा ४५ लाख बढि भुक्तानी सेवाप्रदायकका मोबाईल एपसमार्फत यसले सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *