हेमलता सुवेदी, काठमाडौं । २०७८ आश्विन २, शनिवार

’विश्वास’ भन्ने शब्दलाई हामी बोलीचालीको भाषामा सामान्य अर्थमा लिने गर्छौ तर यो शब्द आफैमा धेरै मह्त्वपूर्ण र शक्तिशाली छ । यो केवल एक शब्द मात्र न भएर यस पृथ्वीमा मानव जगतको बलियो आधार र यस भित्र रहेको अन्तरनिहित शक्ति हो जसद्वारा सारा संसार चलेको छ ।

आफू प्रतिको विश्वास, मानिस मानिस बीचमा एक अर्का प्रतिको विश्वास,नाता सम्बन्ध बीचमा विश्वास र यस संसार प्रतिको विश्वास आदि कुराहरुले हरेकलाई यस सांसारिक जीवन यात्रामा दौडिन , रमाउन, जीवन बाँच्न र सफलता प्राप्त गर्न सहायक भई राखेको छ जुन निसन्देहात्मक छ । कुनै पनि सोच प्रतिको अविश्वास, अन्धविश्वास र विश्वासको शक्तिनै शक्तिशाली हतियार हो जसले त्यसलाई सुन्दर पनि र कुरुप पनि बनाउन सक्छ । यस पृथ्वीमा मानव एक शक्तिशाली प्राणीका रुपमा चिनिनु आफू भित्र रहेको शक्ति विश्वासका आधारमा सम्भव हुन गएको छ ।

अविश्वासले भय र असुरक्षाको अनुभुति गराउछ भने अन्धविश्वासले आक्रोस पैदा गर्छ तर विश्वासले सारा संसार जित्ने सामथ्र्य प्रदान गर्छ । अलेक्जेण्डर तृतिय जस्ता महान योद्धाले आफुभित्रको हौसला र विश्वासले गर्दा सारा दुनिया माथी विजय हासिल गरी विश्वकोे आदि भन्दा बढि भागलाई आफ्नो अधिनस्थ पार्न सफल भएको उदाहरणनै छ । कुनै पनि ब्यक्ति भित्र दृढ विश्वास भयो कुनै पनि हालतमा उसले हरेक असम्भवलाई पनि सम्भव बनाउन सक्छ ।

आफु भित्रको म गर्न सक्छु र मैले गर्नु पर्छ भन्ने विश्वासको शक्तिले मानिसलाई शक्तिशाली प्राणी बनाएको छ । कुनै नाता सम्बन्ध पनि विश्वासको डोरीद्वारा मात्र बलियो हुन्छ भन्ने कुरा यथार्थ साबित भएकै छ । भनिन्छ कसैको विश्वास पाउनु ठूलो कुरा होईन त्यस विश्वासलाई कायम बनाई राख्नु ठूलो र कठिन कार्य हो । हरेक मानिसमा कुनै न कुनै रुपमा विश्वासको शक्ति रहेकै हुन्छ यहाँ केवल त्यस विश्वासको आडमा शक्तिको सदुपयोग र दुरुपयोगले मात्र मानिसको ब्यवहारलाई दर्शाउन सक्छ । कुनै अदृश्य शक्ति द्वारा सारा जगत अवश्य संचालित छ केवल मानवीय प्रयासले सारा कुरा निश्चयनै सम्भव छैन भन्नु पनि संसार प्रतिको विश्वास हो जसले मानव प्राणीलाई जीवन बाँच्न सहज बनाएको छ ।

भनिन्छ विश्वासको शक्तिले ढुङ्गालाई भगवान र भगवानलाई मुल्यहीन पत्थर पनि बनाउन सक्छ । यो केवल मानिसको विश्वासको शक्तिमा भर पर्ने कुरा हो । हुन त वस्तु सत्यलाई जीवन जगत मान्ने र पदार्थबाट चेतनाको सृष्टि मान्ने भौतिकवादी दर्शनले संसारको अदृश्य शक्तिलाई बहिष्कार गरेतापनि आजसम्म बैज्ञानिकहरुले अदृश्य शक्ति स्रष्टाको सृष्टिलाई पूर्ण रुपमा गलत दर्शन हो भनेर ठोस प्रमाण राख्न सकेका छैैनन् । विश्वासले गर्दा ब्यक्ति , समाज , देशसारा जगत मुल्यवान र सुन्दर छ अन्यथा यस शक्तिको अभावमा सारा संसार निरर्थक र मुल्यहीन हुने थियो । विश्वासबाट ब्यक्ति आफ्नो उद्धेश्य प्राप्त गर्न अवश्य सफल हुन सक्छ भन्ने कुरामा दुईमत छैन । शक्तिशाली पात्रको रुपमा विश्वसामु चिनिनु आफू भित्रको विश्वासले मात्र सम्भव हुन्छ ।

गीतामा उल्लेखीत श्री भगवानुवाच अनुसार ”विश्वासबाट मानिसलाई आफ्नो शक्तिको बोध हुन्छ शक्तिबाट उत्तरदायित्वको आभाष र उत्तरदायित्वबाट लक्ष्य प्राप्ति सहज हुन्छ” । त्यसैले हरेकले आफ्नो वचनको पक्का भएर आफ्नो विश्वासलाई मह्त्व दिन नितान्त आवश्यक छ। आफू भित्र अन्तरनिहित विश्वासको आधारमाकर्म गरियो भने सफलताको शिखरमा अवश्य नै पुगिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *