मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २९, मंगलवार

काठमाडौं । नेपाल टेलिकमको नमस्ते पे सेवा आजदेखि शुरु हुने भएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा आजदेखि नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यवसायिक सञ्चालन आजदेखि गर्न लागिएको हो ।

कुल ४० करोड रुपैयाँ चुक्तापुँजी रहेको नमस्ते पेबाट अनलाइन र अफलाइन दुबै सेवा लिन सकिनेछ। शुरुवातमा राष्ट्रिय वाणिज्य बैंकमा खाता हुनेहरुले यो सेवा प्रयोग गर्न पाउने छन्। शुरुवाती चरणमा मोबाइल तथा इन्टरनेट सेवाको भुक्तानी, विद्युत् महशुल तर खानेपानीको बिल भुक्तानी गर्न “नमस्ते पे बालेट” बाट सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *