मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २७, आइतवार

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी छन्। आइतबार मात्रै उपाध्यक्ष फातिमाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतोसँग भेटघाट गरेकी हुन्।

भेटका क्रममा एमसीसीबारे छलफल भएको जनाइएको छ । यसअघि फातिमाले प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका नेता उपेन्द्र यादव र बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटावार्ता गरेकी थिइन्।

देउवासँगको भेटपछि उनले एमसीसी र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुबारे छलफल गरेको ट्वीटमार्फत जानकारी दिएकी थिइन् । एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल-अमेरिका सहयोगबारे विचार आदान प्रदान गरेको भन्दै खुशी व्यक्त गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *