मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र २२, मंगलवार

निहारिका न्याय प्रकरणमा ढिलासुस्ती भएको जानकारी जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा स्वयं पीडित निहारिकाले बताएकी छिन् । साथै न्यायमा अन्योल नगर्न उनले डिएनए टेष्टकाे माग पनि जोडदार रुपले उठाएकि छिन ।

कलिलो उमेरमै आफुलाई ललाई फकाई करणी गरि एक सन्तानको कुमारी आमा बनाई फरार अभियुक्त शिवराज श्रेष्ठलाई अबिलम्ब सजाय हुनु पर्ने निहारिकाको माग रहेको छ् । आरोपित श्रेष्ठ बिगत डेढ वर्षदेखि फरार रहदै आएकोमा मिडियाको र समाजको डरले गत साता अदालत समक्ष हाजिर भएको थियोे ।

पीडित निहारिकाको जिल्ला अदालत धनुषामा बकपत्र भएको तर आरोपित श्रेष्ठको बकपत्र तीन पटकसम्मको मितिमा नहुनुले कतै अदालतले अल्झाउने काम त गरेको छैन भन्ने आशंका आजको पत्रकार सम्मेलनमा पीडिताले प्रष्ट पार्दै भनिन् । सो सम्बन्धि थप जानकारी उनलेे आफ्नो वकिल मार्फत लिन खोज्दा जवाफमा आश्वासन मात्रै पाईन । यद्यपि उनको पक्षमा बहस गर्ने सरकारी वकिल रिंकुकुमारी यादव भने ढिलो चाँडाे पीडिताले न्याय पाउने र आरोपित श्रेष्ठले सजाय पाउनेमा ढुक्क रेहेकी बताईन् ।

निहारिकाका अनुसार जनकपुरधामका महिला अधिकारकर्मीहरु सहित केहि अधिवक्ताहरु र प्रहरी प्रशासन समेतको मिलिभगतमा आफुलाई बच्चा फाल्न र अनेकौ यातना दिएको आरोप समेत लगाइन । वावजुद उनि कसै प्रती पुर्वाग्रही नभई आफु न्याय चाहेको र कानुन बमोजिम आरोपितलाई सजाय चाहेको मात्र बताइन् ।

आरोपित शिव राज श्रेष्ठ

आरोपित श्रेष्ठको परिवार जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि पसल सञ्चान गर्दै आएको र त्यसको आडमा प्रहरीसंग राम्रै पहुँच रहेकाेले आफुलाई कसैले केही गर्न नसक्ने भनेर आफुलाई निरन्तर धम्की दिदै आएको समेत पीडिताले बताईन । श्रेष्ठको आफन्त प्रदेश सभा सदस्य भएको र पैसा एवं पावरले अदालत, प्रशासन र प्रहरी मार्फत जे पनि गर्ने तथा गराउने धम्की उनको परिवारले वारम्वार मलाई दिदै आएको समेत पीडिताले उजागर गरिन ।

विभिन्न डर, धम्की र त्रासको प्रवाह नगरि सबै संग हारगुहार गर्दै आएकी निहारिकाले न्याय पाउनै पर्छ भन्ने ठोकुवा स्थानीय युवा, बुद्धिजीवी र नेताकार्यकर्ताको रहेकोे छ् । अपराधीलाई यथासक्दो सजाय कानुनले दिनै पर्नेमा समाजिक अभियन्ता सविता यादवको रहेको छ् ।

अढाई वर्ष देखि बिना विवाह बच्चा जन्माएकी निहारिका आरोपित धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका आरोपित श्रेष्ठलाई कारवाहीको मांग गर्दै जनकपुरधाममा यत्रतत्र भौतारि रहेकी छन् । २०७६ सालमा १६ वर्षकै उमेरमा ललाई फकाई विवाह गर्छु भन्दै करणी गरि गर्भवती बनेकी उनले २०७७ पुषमा पेटमा बच्चा सहित जिल्ला प्रहरीमा उजुरी लिएर दिएकी थिइन । अदालतले पक्कै न्याय गर्नेमा पीडिता आफै पनि बिश्वस्त भए पनि ढिलाई प्रति चिन्तित भने अवश्य छिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *