मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र २२, मंगलवार

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १ हजार ३२६ दशमलव ६० कित्ता संस्थापक शेयर विक्रीमा छ । कम्पनीको संस्थापक शेयरधनी करुणा राणाले विक्री गर्न चाहेको आर्थिक वर्ष ०७६/७७ को सूचीकृत हुन बाँकी १२० दशमलव ६० कित्ता बोनस शेयर सहित उक्त कित्ता शेयर विक्रीका लागि कम्पनीले मंगलवार ३५ दिने सुचना जारी गरेको हो ।

यो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६२५ तोकिएको छ । शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीहरुले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी निवेदन दिनुपर्नेछ । आवेदन कम्पनीको शेयर रजिष्ट्रार आरविवि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंमा बुझाउनुपर्नेछ ।

३५ दिनको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदको लागि आवेदन नपरेमा प्रचलित कानुन बमोजिम अन्य व्यक्तिहरुमा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीको दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *