अनुषा थापा, भक्तपुुर । २०७८ भाद्र २०, आइतवार

सबैलाई थाहा नै भएको कुरा सबभन्दा सजिलो र सुरक्षित जागिर सरकारी जागिर नै हो । काम गरुञ्जेल तलबभत्ता दुवै खान पाइने, जागिरबाट रिटायर भइसके पछि पनि पेन्सन आउने । जागिरबाट बर्खास्त भएपनि घर बसी खुट्टा पसारेर खान पुग्ने जति पेन्सन आँउछ ।

नेपालमा अधिकांश मानिसहरु सरकारी जागिर नै रुचाउछन् । किन कि सरकारी जागिर खानेलाई जे गरेपनि सरकारले छुट दिएको छ । काम नै नगरि घर बसेपनि तलब महिनैपिच्छे बैंकमा जम्मा भइहाल्छ साथै राज्यबाट सेवासुविधा पाएकै छन् ।
कोभिड महामारी देशैभर फैलियो सरकारले लकडाउन गर्यो, सरकारी कर्मचारीलाई छुट्टी मनाए जत्तिकै भयो । काम नै नगरि तलबभत्ता खान पाए । सरकारले काम नै नगर्ने कर्मचारीको लागि वर्षैपिच्छे तलब बढाउछ । त्यतिमात्र नभएर सरकारी कर्मचारीहरुको लागि छुट्टै सरकारी गाडीको व्यवस्था ।

जनताले खाइनखाई तिरेको करबाट बिना काम २० लाखदेखि ३ करोडसम्मको गाडी चढेको छन् । जनताले तिरेको कर सरकारी कर्मचारीको लुगा, शृड्गारपटार, गाडी, पेट्रोल आदि व्यक्तिगत आवश्यकता परिपुर्ति गर्दै सिद्धाईन्छ । १५ रुपियाँले पुग्ने बाटोमा करोडाेैको गाडीको आवस्यकता के ? सार्वजनिक यातायात चढ्न तिनीहरुलाई लाज लाग्ने, उभिन गाह्रो पर्छ वा अन्य केही कारण छ् कि ?

अहिले एउटा नेपाली जनताको टाउको विदेशी ऋण ५८ हजार छ । खोइ नेपाली त त्यत्रो रकमको उपयोग पनि गरेको छैनन् । विदेशीसंग देशविकासको नाममा ऋण खोजेर ल्याउने, आफ्नो व्यक्तिगत आवश्यकता पुरा गर्ने अनि जनतालाई चाहि ऋणको भारी बोकाइदिने । करारमा जागिर खानेहरु कै आवश्यकता सरकारले पुरा गर्न नसक्ने भइसक्यो ? काम भनेको कुरा गर्ने, दिनभरि नेताहरुले खोक्ने ठुल्ठुला भाषण दिएको छन् । आफ्नो तलब पकाउने काम मात्र गरेको छन् । जनताको स्थिति हेर्ने हो भने दुई छाक खान धौ धौ छ !

अझै सरकारी कर्मचारीलाई जनताले तिरेको करबाटै छुट्टै चाडपर्व पेश्कीको व्यवस्था गर्दा नेपाली जनताको मन कति पोलेको होला ? दिनहुँजसो उपचार नभएर कति सर्वसाधारणले अकालमा ज्यान गुमाइरहेको छन् । सरकारी कर्मचारीहरुले मासिक तलब पाउछन् । अनि उनीहरुले रोग लागेमा उपचार गर्न पनि सरकारबाट छुट पाएको छन् । उनीहरुले तलब खाएको छन् । भ्रष्ट्रचार गरेको छन् । पैसा राख्ने ठाँउ नभएर कँहा लगु जस्तो भएकोलाई यत्रो छृट ?

जसले जनता र राष्ट्र्को लागि केही गर्न सकेन । उसलाई नै सेवासुविधाको भागिदार बनाइयो । सरकारी कर्मचारीले काम नगर्नुको प्रमृख कारण पनि यहि हो । काम गरे नि नगरे नि कसैले निगरानी राख्दैन् । एउटा व्यक्तिले सरकारी जागिर खाएको अवधिभर कति सम्पत्ति जोड्छ । सरकारसंग लेखाजोखा छ । सरकारी कर्मचारी भइपछि भ्रष्ट्राचार नगर्ने कुरै भएन ? भ्रष्ट्राचार त हाम्रो देशमा बाउबाजेको जमानादेखि मौलाएको छुट्ने कुरै भएन ?त्यसमाथि आफुले कमाएको त खर्च हुने कुरै भएन् । गाडीदेखि चालक, पेट्रेल खर्च सबै जनताले व्यहोरि हाल्छन् । मर्मत खर्च पनि राज्यको ढुकुटीबाट आइहाल्छ । एउटा कर्मचारीलाई करोडको गाडी, पेट्रेल, चालक दिदाँ खेरि राज्य कति घाटामा चलिरहेको छ ।

सरकारी कर्मचारी सरकारभन्दा ठुला होइनन् । सरकारी कर्मचारीले खाएको नुन पनि जनताले तिरेको करबाट आएको हो । स्पष्ट रुपमा भन्नुपर्दा जनता सरकारी कर्मचारीका मालिक हुन् । भन्छन् नि जसको नुन खाइन्छ उससंगको व्यवहार इमान्दारिताको हुनुपर्दछ । तर सरकारी कर्मचारीले जनतासंग गर्ने व्यवहार ठ्याक्कै उल्टो छ । सरकारी गाडीको प्रयोग अफिस आउनभन्दा पनि आफन्त घुमाउन ठिक्क हुन्छ । बिदाको दिनपनि बाटोमा सरकारी गाडी गुडिरहेको हुन्छ । अनृगमन कसले गर्ने ? मर्ने भनेकै नेपाली जनता नै हुन् । सरकारी गाडीको दुरुपयोग नेपालमा यति मौलाएको छ । कि सरकारी गाडी किन्ने होडबाजी कुनदिन देश नै भड्खालोमा जान्छ ।

अफन्तलाई गाडी सिकाउन सरकारी गाडीको प्रयोग हुने देश नेपाल बाहेक सायदै अरु कुनै होला ? परिवारको एउटा सदस्यले सरकारी जागिर खाएको हुनुपर्छ । उसको पुरेै आफन्तलाई जागिर खोज्न कतै जानु पर्दैन् ? तरकारी किन्न जादाँ पनि सरकारी गाडी, चामल किन्न जानु परयाे पनि सरकारी गाडी । २० लिटर पेट्रेल हाल्यो भने ५० लिटरको बिल पेस गर्छन् । मर्मत खर्च २० हजार छ भने ४० हजारको बिल बनाउछन् । जनताले तिरेको करको यत्रो दुरुपयोग भइरहेको छ । कसले गर्ने कारबाही ?

राज्यको सरकारी कर्मचारीको सामु मुख खुल्दैन् । पदको दुरुपयोग गरेर आफ्नो जीवन निर्वाह गर्ने महान व्यक्तित्व हुन् सरकारी कर्मचारी । जे गरेपनि सरकारले यिनीहरु लाई स्वतन्त्रता दिएको छ । सरकरी कर्मचारीको अगाडि र पछाडि सुरक्षाको लागि भनेर हजारौ सुरक्षाकर्मीहरु तैनाथ छन् । तिनीहरुको खर्चचाहि कसले व्यहोर्छ ।
सरकारी कर्मचारीको सुरक्षाको लागि पनि राखेको सुरक्षाकर्मी उनीहरुको घरमा घरायसी प्रयोजनमा काम आइरहेको छन् । जनताहरु पनि यस्ता विषयमा आफै सजग हुन जरुरी छ । आफुले दु:ख गरि तिरेको करको दुरुपयोग त भएको छैन् भनि ख्याल गर्नुपर्छ । यदि दुरुपयोग भइरहेको छ भनि त्यसको विरोधमा सबैजनाले आवाज उठाउन सक्नुपर्छ ।

सरकार कर्मचारी र अटोशोरुमहरुको विगत लामो समयदेखि राम्रो चिनजान रहेको छ । गाडी किनेबापत अटोशोरुमहरुले सरकारी कर्मचारीहरुलाई त्यसबाट कमिशन दिन्छन् भन्ने पनि सुन्नमा आएको छ । त्यसैले नँया गाडी किन्दै, किनेको २ महिना नपुगदै बिगार्दै थन्काउने काम भइरहेको छ । सरकारी कार्यालयहरुमा नँया नँया गाडीमा घाँस उम्रेर बसेको छ । के योचाहि जनताले तिरेको करको दुरुपयोग होइन् र ? कोही बिरामी भएर बाटोमा शिथिल अवस्थामा गाडी कुरिरहेको हुन्छ तर त्यही बाटो सयौ सरकारी गाडीको ओहोरदोहोर गर्छ बावजुद कसैले त्यो शिथिल बिरामीलाई लिफ्ट दिदैन् । बरु खाली जान्छ । मानवता भनेको यही हो ? तर आफ्नो घरपरिवार बिरामी भयो भने सरकारी गाडी २४ घण्टा उपलब्ध हुन्छ ।

राजनितिक दल पनि सरकारी कर्मचारी भन्दा केही कम छैनन् । एउटा राजनितिक दलको अगाडि र पछाडि कति सुरक्षाकर्मी बिनाकाम खटिएका छन् । जनताले एकजोर लुगा नलगाई तिरेको करको दुरुपयोग । राजनितिक दलले लगाएको लुगाको मुल्य कति होला ? उनीहरुले चढेको गाडी कति पर्ला । एउटा राजनितिक दलको आवश्यकता पुरा गर्न राज्यको ढृकृटीबाट अर्बौको खर्च हुन्छ । अनि देश विकास कसरी सम्भव छ् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *