धर्मेन्द्र कुमार यादव, महोत्तरी । २०७८ भाद्र २०, आइतवार

ललाइ फकाइ बिहेको प्रलोभन दिई करिब एक बर्ष सम्म यौन शोषण पश्चात् केटी गर्भवती भए पछी केटा फरार भएका छन।

सिरहा जिल्ला निवासी १६ बर्षिय चम्पा (नाम परिवर्तन) लाई करिब एक बर्ष पहिले चकवा कल्यानपुर बस्ने संतोष साह सोनारले ललाइ फकाइ बिहेको झुठो प्रलोभन दिएर लगेका थिए। दुबै जना सिरहा लहानमा कोठा भाडा लिइ संगै बसे। चम्पा गर्भवती भएको थाहा पाए पछी संतोषले अलपत्र अवस्थामा छोडी भागेका छन। संतोष साह लहान क्षेत्रमा ट्रक, टिपर तथा जे सि बी चलाउने गर्छन ।

अलपत्र अवस्थामा रहेकी चम्पा आफ्नो दिदी काहा बस्दै आइन् । हाल उनी एक शिशु(बालिका) लाई जन्म दिएकी छीन।

उनी जनकपुर स्थित प्रदेशिक अस्पतालमा छोरी जन्माएकी छीन । समाज सेवी राजारामले आर्थिक सहयोग गरी आमा छोरीलाइ बचाउन सफल भएका थिए। खान र बस्न केही पनि नभएको कारन चम्पा अहिले धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ७ किसानपुरमा कोठा भाडा लिइ बसेकी छिन।

केटा संग बस्दा उनलाई वारम्वार मार्ने प्रयासमा रहेको छ । बेला बेला मुख थुनेर, घाँटी थिची मार्ने प्रयास केटाले गर्थ्यो र अहिले आएर मोबाइलको नम्बर समेत ब्ल्याक लिस्टमा राखेको छ र कहिले काहीँ फोन गरि धाक धम्की दिने गरेको कुरा पिडित चम्पाले बताएकि छीन। प्रेम जालमा फसाउने समाज बिरोधी संतोषलाइ कानुनी र समाजिक सजायको माग समेत चम्पाले गरेकी छीन।

पिडित चम्पपाको बस्न र खान नभएको कारन विभिन्न संघ संस्थाहरुले आर्थिक तथा खाधान्न सहयोगमा जुटेका छन। उनको अवस्था बारे जानकारी भएपछी रबिदास समाज सेवा कतार टिमले रु.२६ हजार आर्थिक सहयोग गरेका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *