आरोपित शिवराज श्रेष्ठ (दायाँ ) र उनी बाट जबर्जस्ती कारणी मार्फत जन्मिएको बच्चा (बायाँ )

मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र १८, शुक्रवार

जबर्जस्ती करणी पश्चात्त गर्भवती भई बच्चा जन्माएकी पिडिताले आफुले पाएको बच्चा र आरोपितको डिएनए परिक्षण हुनुपर्ने माग गरेकी छिन् । पिडित युवतीले एक वर्ष पहिले छोरालाई जन्म दिएकी छिन् ।

जलेश्वर नगरपालिका-९ घर भएकी २० वर्षीया युवतीलाई बलात्कार पश्चात गर्भवती बनाई फरार आरोपित भदौ १३ गते अदालतमा हाजिर भएका छन् । बलात्कार घटनाका आरोपित युवा क्षिरेश्वरनाथ नपा–५ महेन्द्रनगर बस्ने २० वर्षीय शिवराज श्रेष्ठको बयानपछि जिल्ला अदालत धनुषाले पूर्पक्षमा राख्ने निर्णय समेत गरि सकेको छ ।

पिडितले आफुलाई न्यायको लागि आरोपित र आफुले पाएको छोराको डिएनए टेष्ट अविलम्ब गरिनुपर्ने माग गर्दै आएकी छिन् ।

दुवै पक्षको बकपत्र मध्ये पीडिताको १६ गते बुधवार बकपत्र भएको हो । र आरोपितको हिजो हुनुपर्नेमा समय थपको माग गरि भाद्र २१ गते लाई सारिएको सरकारि अधिवक्ता रिंकुकुमारी यादवले जानकारी दिइन् ।

दुई वर्षअघि शिवराजले ती किशोरीलाई बारम्बार बलात्कार गरेको आरोप छ । बलात्कारपश्चात् गर्भ बसेको किशोरीको भनाइ छ । गर्भ बसेपछि विवाह गर्नुको साटो गर्भपतन गराउन उनको परिवारले दबाब दिएको किशोरीको जाहेरीमा उल्लेख छ ।

ती किशोरी ०७६ मंसिरमा गर्भवती भएकी थिइन् । त्यसको दुई महिनापछि पुसमा जिल्ला प्रहरी कार्यालय धनुषामा जबर्जस्ती करणी मुद्दा दर्ता गराइएको थियो ।

“न्याय नपाए बच्चा लिएर अदालतअगाडि अनशन बस्छु,” किशोरीले भनिन्, “मेरो मुद्दालाई प्रहरी र अदालतले प्रभाव एवं दवावमा कमजोर बनाउदै छ । आरोपितलाई धरौटीमा छोड्ने प्रयास गर्दै छ ।”

जाहेरीवालाको अधिवक्ता यादवले पनि मुद्दा कमजोर बनाइएको जिकिर गरिन् । “जुन हिसाबले प्रहरी र अदालतले कागजात तयार पारेको छ, त्यो हिसाबले मुद्दा कमजोर देखिन्छ,” उनले भनिन्, “आरोपी धरौटीमा रिहा पनि हुनसक्छ !”

शिवराजको बयानमा के छ ?
आरोपित शिवराज श्रेष्ठले ती किशोरी आफ्नो साथी रहेको स्वीकार गरेका छन् । तर, आफूले करणी नगरेको उनको दाबी छ । आफूले करणी नगरेका कारण गर्भको सम्बन्धमा केही थाहा नभएको बयान उनले दिएको जनाइएको छ ।

“निज मेरो साथी भएको हुनाले उनको शरीरमा रहेको ट्याटु मेटाउनको लागि मसँग पैसा मागिन् । मैले निजलाई म विद्यार्थी मान्छे, मसँग पैसा छैन भनेकोमा निजले सोही कुराको रिसिइबी राखी मलाई फसाउने, दुःख दिने किटानी जाहेरी दिएकी हुन्,” किशोरले बयानमा भनेका छन्, “निजलाई मैले करणी नै नगरेकाले निजको गर्भको विषयमा मलाई केही थाहा भएन् ।”

वास्तविकता मुद्दाको सुनुवाइ पछी नै आउने हो तर अदालत सबुत र गबाहिको भरमा फैसला गर्ने गर्दछ । फैसला आओस् र सहि आओस् । पीडितले न्याय र अपराधीले दण्ड सजाय पाओस । किशोरीलाई दोष दिनुको सट्टा अपराधीलाई सजाय दिनु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *