मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १७, बिहिवार

भारतीय टेलिभिजन अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको मृत्यु भएको छ । हृयाघातबाट उनको निधन भएको हो । मुम्बई को कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो ।

भरातीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए । अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ । उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए । सिद्धार्थ बिग बोस सिजन १३ का विजेता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *