मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १६, बुधवार

नेपाली कांग्रेस महोत्तरीका जिल्ला सभापति महेन्द्रकुमार रायले नगरपालिका भवन बनाउन रु ७० लाख मूल्य बराबरको जग्गा दान दिएको छ ।

सभापति रायले जिल्लाको औरही नगरपालिकालाई भवन निर्माणको लागि रु ७० लाख मूल्य पर्ने १४ कठ्ठा जग्गा दान गरेको औरही नगरपालिकाका प्रमुख सुनिलकुमार यादवले बताए । औरही नगरपालिका–८ मा अवस्थित श्रीपुर र टिम्किया गाउँ जाने बाटो नजिकै सभापति रायको नाउँमा रहेको ७७२ नम्बर कित्ताको जग्गामध्ये १४ कठ्ठा जग्गा दान दिएको हो । नगरपालिकाको आफ्नै भवन नरहेकाले सभापति रायले जग्गा दान दिँदा नगरपालिका र नगरवासी निक्कै खुशी भएको नगरप्रमुख यादवले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *