मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र १६, बुधवार

महेन्द्रनगर-५, क्षिरेश्वरनाथ धनुषाका युवक शिवराज श्रेष्ठले निहारिकालाई ललाई फकाई जबरजस्ती करणी गर्दै गर्भवती बनाई बिगत ६ महिनादेखि फरार रहेको मुद्दाका आरोपित धनुषा जिल्ला अदालतमा हाजिर भएको हो ।

अध्ययन कै क्रममा रहेकी १६ वर्षिय निहारिकालाई प्रेमजालमा फसाई जबर्जस्ति कारणी गरेका थिए। आफ्नो बहिनीको साथिलाई वारम्वार आफ्नो घर लाने र बिहे गर्छु भन्दै कयौं पटक यौन शोषण गर्न पनि चुकेनन् आरोपित शिवराज । करिब तीन वर्ष देखि बिना बिबाह बच्चा जन्माएकी महोतरीको जलेश्वर नगरपालिका वडा नं. ९ की निहारिका राजपुत आरोपित एकाएक अदालतमा हाजिर भएपछि न्यायका लागि हार गुहार गरेकी छन् ।विगतमा उनलाई बच्चा मार्ने र मुद्दा फिर्ता लिने धम्कि सहितको फोन पटक पटक आउने गरेको थियो । मुद्दा मिलाइदिने निहुँमा विभिन्न आयोग र कथित समाजसेविले उनी माथी दवाब् दिदै आएको बताइन् । लकडाउनको समयमा र बेरोजगारीको अवस्थामा बाच्न कठिन भएको उनी स्वीकार्छिन् । तर पनि न्याय पाउने आशामा समाज र कानुन समक्ष डटेर उभिएकी छन ।

आरोपित शिवराज श्रेष्ठ

निहारिकाले विगतका दिनमा न्यायको लागि प्रहरी र प्रशासनको ढोका निरन्तर घच्घच्याएकी छ्न । प्रदेश २ को मुख्यमन्त्री, मुख्यन्यायधिवक्ता, नेता आदिकोमा समेत धाईन तर आश्वासन बाहेक केही पाईनन् । निहारिका प्रष्ट पार्दै भन्छिन, ” के राज्य निरिह भएकै हो ? ठुला ठालु र नेताको चंगुलमा फसेकै हो ? आम जनताले कहिले न्याय पाउने ?”

निहारिकालाई धनुषा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरका आरोपित शिवराज श्रेष्ठले २०७६ सालमा १६ वर्षकै उमेरमा ललाई फकाई बिबाह गर्छु भन्दै करणी गरि गर्भवती बनाएपछि घटना बाहिरीएको थियो । २०७७ पुषमा पेटमा बच्चा सहित जिल्ला प्रहरीमा उजुरी दिन पुगेकी निहारीकाको २०७७ चैत २ गते अदालतमा मुद्दा दायर भएको थियो । त्यसवेला देखिनै फरार अभियुक्त श्रेष्ठ भाद्र १३ गते आइतवार धनुषा अदालतमा हाजिर भएका छन् ।

निहारिकाले आफुहरु दुवैजनाको बुधवार अदालतमा पेशी रहेको तर न्याय पाउनेमा शंका लागेको बताउछिन् । पहुँच र पावरवालाको दुनिया रहेकाले आफु अबिबाहिता एक बच्चाको आमालाई न्यायका लागि पहल गरिदिन हुन उनले सवै पक्षलाई आग्रह गरेकी छिन् ।

निहारिकाले २०७७ भदौ ५ गते बच्चा पाए पछि अबिबाहिता आमा भनेर चर्चा पाएकी थिइन र उनी मिडियामा आफु माथी भएको अन्यायको पक्षमा खुलेरै बोल्दै न्यायका लागि लडने बताएकी थिइन । एक वर्षको छोरा सहित निहारिका अदालत र प्रहरी समक्ष वारम्वार धाईरहेकि छन् । उनले श्रेष्ठ उपर कानुन अनुसारको कडा कारवाही हुनुपर्ने माँग गर्दै बच्चाको भविष्यको लागि क्षतिपूर्ति पाउनुपर्ने बताएकि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *