मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १५, मंगलवार

नयाँ ब्याजदरअनुसार अधिकत मुद्दतिमा सबैभन्दा धेरै सिभिल बैंकले ब्याजदर बढाएको छ । उसको व्यक्तिगत अधिकतम मुद्दतिमा ८.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । सार्वजनिक ब्याजदरअनुसार धेरैजसो वाणिज्य बैंकहरुले बचतको ब्याजदर बढाएका छन् ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर यसप्रकार छः राष्ट्रिय वाणिज्य बैंक लि. राष्ट्रिय वाणिज्य बैंकले बैंकले बचत खातातर्फ न्यूनतम ३ प्रतिशत देखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ देखि ७.२५ प्रतिशतसम्म र संस्थागत मुद्दतिमा ५ देखि ६.५० प्रतिशतसम्म नयाँ ब्याजदर कायम गरेको छ ।

नबिल बैंक लि.
नबिल बैंकले साधारण बचतमा खातामा न्यूनतम ३.०१ प्रतिशतदेखि अधिकतम ३.५१ प्रतिशतसम्म नयाँ ब्याजदर निर्धारण गरेको छ भने व्यक्तिगत मुद्दतिमा अधिकतम ७.५१ प्रतिशत ब्याज दिने नविल बैंकले घोषणा गरेको छ । ३ महिनाका लागि भने मुद्दतिमा ५।५१५ सम्मको निर्धारण गरेको छ ।

एनआइसी एसिया बैंक लि.
एनआइसी एसिया बैंकले सार्वजनिक गरेको छ नयाँ ब्याजदरअनुसार साधारण बचतको ब्याजदर २.५६ प्रतिशत कायम गरेको छ भने बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ७.५६ प्रतिशतसम्म निक्षेपकर्ताले ब्याज पाउनेछन् ।

नेपाल एसबीआई बैंक लि.
नेपाल एसबीआई बैंकले बचतको ब्याज २.५५ प्रतिशत तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ५.५ सम्मको ब्याजदर निर्धारण गरेको छ ।

सेञ्चुरी कमर्सियल बैंक लि.
सेञ्चुरी कमर्सियल बैंकले साधारण बचतमा न्यूनतम ब्याज २.५०प्रतिशतदेखि अधिकतम ३५ कायम गरेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशतसम्म कायम गरेको छ । यो ब्याजदर एक वर्षभन्दा माथिको निक्षेपकर्ताका लागि हो ।

एनएमबि बैंक लि.
एनएमबि बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार साधारण बचतको न्यूनतम ब्याजदर २.५० देखि अधिकतम ४.५० प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दति निक्षेपको न्यूनतम ६.५० प्रतिशत देखि अधिकतम ब्याज ७.५० प्रतिशतसम्मको नयाँ ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक लि
नेपाल बैंकले बचतको न्यूनतम ब्याजदर ३.०५ देखि अधिकतम ४.५५५ सम्म ब्याजदर रहेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.५ प्रतिशतसम्म कायम गरेको छ ।

एभरेष्ट बैंक लि.
कृषि विकास बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०५ तोकेको छ भने साधारण बचतको न्यूनतम ब्याज ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्मको ब्याजदर सर्वसाधारण निक्षेपकर्तालाई कायम गरेको छ ।

सनराइज बैंक लि.
सनराइज बैंकले बचतमा न्यूनतम २.५७ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म र मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत ब्याज निर्धारण गरेको छ ।

प्रभु बैंक लि.
प्रभु बैंकले बचत खातामा न्यूनतम ३.२५ देखि अधिकतम ४.५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यनतम ७.७५ र अधिकतम ८.२५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

सिभिल बैंक लि.
सिभिल बैंकले मुद्दतिमा सबैभन्दा धेरै ब्याजदर कायम गरेको छ । उसले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ८.७५ प्रतिशतसम्म ब्याजदर कायम गरेको छ भने बचतमा न्यूनतम ४.०५ देखि अधिकतम ५.०५ प्रतिशतसम्म निक्षेपकर्तालाई ब्याज दिने उल्लेख गरेको छ ।

सिद्धार्थ बैंक लि.
सिद्धार्थ बैंकले बचतमा न्यूनतम २.५ प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशतसम्म ब्याजदर दिनेछ ।

बैंक आफ काठमान्डू लि.
बैंक आफ काठमान्डूले बचतको न्यूनतम ब्याज २.५० प्रतिशत देखि अधिकतम ४ प्रतिशतसम्म राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७ प्रतिशतसमम कायम गरेको छ । यो ब्याजदर एक वर्षभन्दा माथिको निक्षेपमा हो ।

प्राइम कमर्सियल बैंक लि.
प्राइम कमर्सियल बैंकले बचतको न्यूनतम साधारण ब्याजदर २.७६ देखि अधिकतम ४.५० प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७६ प्रतिशत र न्यूनतम ७.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स बैंक लि.
सिटिजन्स बैंकले बचतको न्यूनतम ब्याज ३ देखि अधिकतम ५ प्रतिशतसम्म राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ । यो ब्याजदर भने एकवर्ष भन्दा माथिको हकमा मात्र लागू हुनेछ ।

एनसीसी बैंक लि.
एनसीसी बैंकले बचतको न्यूनतम ब्याजदर ३.२६ प्रतिशत र अधिकतम ५ प्रतिशतसम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८.२६ प्रतिशत कायम गरेको छ भने न्यूनतम ६.५० प्रतिशत निर्धारण गरेको छ ।

लक्ष्मी बैंक लि.
लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २.५ प्रतिशत छ भन अधिकतम ४.५ प्रतिशतसम्म नयाँ ब्याजदर कायम गरेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ७ प्रतिशत छ भने ६ महिनाभन्दा बढीको हकमा ७.५ प्रतिशतसम्म ब्याज दिनेछ ।

माछापुच्छ्रे बैंक लि.
माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २.०५ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म कायम गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७.०५ प्रतिशतसम्म तोकेको छ ।

कृषि विकास बैंक लि.
कृषि विकास बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०५ तोकेको छ भने साधारण बचतको न्यूनतम ब्याज ३.५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्मको ब्याजदर सर्वसाधारण निक्षेपकर्तालाई कायम गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *