मुलुक डेस्क, २०७८भाद्र १५, मंगलवार

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालयहरु आज (भाद्र १५) देखि खुल्ने भएको छ् ।

नगरपालिकाले आजदेखि विद्यार्थीहरुको भौतिक उपस्थितिमै नगरपालिकाभित्र सञ्चालित सबै विद्यालयहरु खुल्न दिने निर्णय गरेको छ । शुक्रवार सरोकारवाला निकायहरुसँगको छलफलपछि विद्यालय सञ्चालन गर्ने सहमति भएको नगरपालिकाको आइतवार जारी विज्ञप्तिमा उल्लेख छ।

सामाजिक एवम् भौतिक दुरी र सबै स्वास्थ्य निर्देशनहरु पालना गरि मंगलवारदेखि विद्यालयहरुले भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ। स्वास्थ्य सावधानी अपनाएर, विद्यालयको भौतिक पूर्वाधार हेरेर, आवश्यक कोभिड–१९ फैलिन नदिन आवश्यक अन्य पूर्वाधारको व्यवस्थासहित भौतिकरुपमै विद्यालय सञ्चालनका लागि नगरपालिकाले अनुमति दिएको बताइएको छ।

तोकिए बमोजिम स्वास्थ्य निर्देशिकाको पालना तथा व्यवस्थापन नभएको पाइएमा त्यस्ता विद्यालयहरुमाथि कारवाही हुने चेतावनी पनि नगरपालिकाले दिएको छ।

विद्यालयमा भौतिक दूरी कायम भएको, साबुन, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध भएको हुनुपर्नेछ भने तापक्रम नापेर मात्रै विद्यालयमा प्रवेश दिइने नगारपालिकाका प्रवक्ता एवम् वडा नम्बर ८ का वडाध्यक्ष मनोजकुमार ढुङ्गानाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *