मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १३, आइतवार

बिपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउपालिका वडा न.७ लास्कोट बेसीमा पहिरो संगै ढुंगा खस्दा मोटर साइकलमा सवार सरोज साहको मृत्यु भएको छ ।

काठमाण्डौं बाट जनकपुर तर्फ जादै गरेको ज. ८ प. ७४९० नम्बरको मोटरसाइकलमा सवार महोत्तरीको रामगोपालपुर वडा न.८ गोइठी बिर्ता बस्ने २८ वर्षीय सरोज साहको मृत्यु भएको छ । र जनकपुर रामानन्द चौक बस्ने ३० वर्षीय सतिस साह घाइते भएका छन् ।

दुवै जनालाई माथिबाट खस्दै गरेको ढुंगा लागेर घाइते भएपछि धुलिखेल अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । उपचारको क्रममा मोटरसाइकल चालक साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । मृतक साह महोत्तरीको रामगोपालपुर नगरपालिकाकाे उप मेयर सीता साहको सुपुत्र हुन् । अर्को घाइतेको अवस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *