मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १२, शनिवार

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या १७० पुगेको छ।

फ्रक्स न्युजका अनुसार हमलामा १३ जना अमेरिकी सैनिक, २ जना बेलायती नागरिकसहित १७० जनाको मृत्यु भएको हो। घटनामा १ हजार २७६ जना घाइते भएका छन्।

तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्ता छाड्न भीड लागिरहेको काबुलको विमानस्थलबाहिर बिहीबार साँझ ६ बजेतिर विस्फोट गराइएको हो।

मिडिया रिपोर्टअनुसार विस्फोटमा मारिएका १५५ अफगान नागरिकमा २८ जना तालिबान संगठनका पनि छन्। विस्फोटको जिम्मेवारी आईएसआईएसको खुरासान ग्रुपले लिइसकेको छ। ( एजेन्सी )

Leave a Reply

Your email address will not be published. Required fields are marked *