मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १२, शनिवार

बाढी र पहिरोले देशैभर हजारौं घर डुबानमा र असंख्य पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्ला पहिरोले र तराईका बस्तीहरू बाढीले डुबेका छन्। शुक्रबार मात्र देशभरमा तीन जनाको मृत्यु, चार जना बेपत्ता तथा दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार नवलपरासीको सुस्ता पश्चिममा बाढीमा परेर रामग्राम नगरपालिका १८ का ३८ वर्षीय विनोद पासी र १३ वर्षीय छोरा प्रदीपको ज्यान गएको छ। घरमा पानी पसेपछि छिमेकीको घरमा जाँदै गर्दा उनको मृत्यु भएको थियो। उदयपुर कटारी नगरपालिका २ मिलन चोककका ७ वर्षीय कर्ण मगरको पहिरोमा परेर मृत्यु भएको छ।

महोत्तरीमा रातो खोलाको बाढीले बाँध भत्काउँदा वलवा—तिलगढमा ९ सय घर डुवानमा परेको छ् । करिब ५ हजार मानिस घरबारविहीन बनेका छन्। धनुषा र सिरहाको बीचबाट बग्ने कमला नदीमा पानी बढेपछि नजिकका बस्तीमा त्रास बढेको छ। चुरेबाट तराई भू—भागमा बग्ने १६४ नदीको चरम दोहनले बस्ती प्रभावित हुनुका साथै हजारौं विस्थापित छन्।

भारतले एकतर्फी रूपमा निर्माण गरेको तटबन्ध एवं बाँधका कारण तराई बर्सेनि जलमग्न हुँदै आएको छ। कैलाली र कञ्चनपुरका नदीमा पनि जलस्तर बढेको छ। कैलाली लम्की चुहा नगरपालिका–६ गुलराकी ९० वर्षीया फुखिया थरुनीको चरेला नदीमा आएको बाढीले बगाएर ज्यान गएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख भरत शाहले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *