मुलुक डेस्क, वीरगंज । २०७८ भाद्र १०, बिहिवार

वीरगंज–पथलैया औद्योगिक करिडोरमा भर्खरै सञ्चालनमा आएको सर्वोत्तम स्टीलको भट्टीमा विस्फोट हुँदा १२ जना भारतीय र अन्य कामदार घाइते भएका छन् ।

दिउँसो पौने १ बजेको समयमा फलाम गलाउने भट्टी पड्किँदा फलामको तरल पदार्थ उछिटिएर कामदारको जिउमा छ्यापिँदा १२ कामदार घाइते भएका हुन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए । घाइते सबैको गण्डकस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ ।

वीरगंज–२२ मनियारीको जगरनमथपुर, वडा नं ३० लालपर्सा र वडा नं २८ बगहीको करिब डेढ विघा जग्गामा १ अर्बको लगानीमा सर्वोत्तम स्टील स्थापना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *