मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र १०, बिहिवार

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारीको आजदेखि नेपाली अटो बजारमा सार्वजनिक गरेको छ । यस नयाँ टाटा सफारीको शुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ ।

७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण हो । आधुनिक युगका शक्तिशालि एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ ।

साहसिक व्यक्तित्व (एडभेन्चर पर्सोना) झलक दिने नयाँ सफारीको डिजाईन ग्राहकहरुको ईच्छा र आकांक्षा अनुरुप आकर्षक, बलियो र “स्पोर्टी” रहेको छ । “ट्रोपिकल मिस्ट” रंगमा नयाँ सफारी टाटा मोटर्स् शो–रुमहरु मार्फत अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको छ । भारतमा ६ महिना भन्दा पनि कम अवधिमा नै १० हजार वटा भन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *