मुलुक डेस्क, जनकपुर । २०७८ भाद्र १०, बिहीवार

एसिड पीडित आरती साहमाथि एसिड प्रहार गरेको घटनामा दोषी ठहर भएका उनकै श्रीमान संजिव साहलाई जिल्ला अदालत धनुषाले १० वर्ष ६ महिना कैद सजायँ तोकेको छ ।

पीडित आरतीको दोषी ठहर श्रीमान संजिव साहबाट ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउनसमेत अदालतले आदेश दिएको छ । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सो फैसला सुनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *