मुलुक डेस्क, महोत्तरी । २०७८ भाद्र १०, बिहिवार

वर्षायाममा महोत्तरीका धेरैजसो भाग डुबानमा पर्ने गरेका तथा बाढीले सयौँलाई विस्थापित पारेको छ् । तर राज्री, प्रदेश एवं स्थानीय प्रशासनले खासै महत्त्व र चासो लिएको देखिदैन ।
न त दीर्घकालीन योजना छ् न कुनै तत्कालीन बचाउको उपाय नै ?
प्रशासन र सरकार ब्रम्हलूट मै मग्न र ब्यस्त छ् । देखाउन र जोगिने उपाय चाहिँ प्रत्येक वर्ष नेता र प्रशासनले भने गर्न चुक्दैनन ।

महोत्तरीमा मुसलेधार पानी परेपछि जिल्लाका आधा दर्जनभन्दा बढी नदी खोलामा बाढी आएको छ । बुधबार बिहानदेखि नै लगातारको भीषण वर्षासँगै जिल्लाका रातो, विग्ही, जंघा, अंकुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन र मरहालगायतका नदीमा बाढी आएको स्थानीयवासीले बताएका छन् ।

अविरल वर्षासँगै जिल्लाका सबै नदीमा बाढीपछि नदी छेउछाउका दुई दर्जन बढी गाउँका बासिन्दा त्रसित भएका छन् । उनीहरु बाढीका बेला हुनसक्ने क्षतिविरुद्ध सतर्कता अपनाउनमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *