मुलुक डेस्क | २०७८ वैशाख
मानव कल्पना र यथार्थको परिवेशमा रम्ने र बाच्ने गर्दछ। आदिकालदेखि नै मानव यस ब्रहमाण्डको एक हिस्साको रुपमा वणर्न हुँदै आएको छ। बेद, शास्त्र, उपनिषददगायतका ग्रन्थको प्रार्दुभावसंगै मानव जीवनको अन्तरसम्बन्ध ब्रम्हाण्डसंग जोडिएको छ। ग्रह, नक्षत्र, तारा वा खगोलिय अध्ययन र अनुसन्धानबाट ज्योतिष विज्ञानले मानव सम्बन्ध र मानव समाजलाई बाँधेर राखेको हुन्छ।
ज्योतिष विज्ञानले मानवको ग्रह, दशालाई दिशा निर्देश गर्दछ। बाटो देखाउने वा पथ प्रर्दशन गर्दछ। भविष्यमा घट्ने घटनालाई दिशा निर्देश गर्दछ। ज्योतिष विज्ञान भाग्यमा होइन कर्ममा भर पर्दछ यद्यपी सहि मार्गमा सावधानी पुर्वक हिड्न सक्नु पर्दछ।
ज्योतिष एवं ज्योतिष विज्ञान हिन्दु धर्ममा मात्र नभई सम्पूणर् धर्म सम्प्रदायमा अति नै लोकप्रिय एवं सिद्ध विज्ञानको रुमपा स्थापित एक मान्यता हो। र यो मान्यता पूणर्रुपमा वैज्ञानिक अनुसन्धान र प्रयोगमा आधारित हुन्छ। रत्न र मन्त्रद्वारा मानवको कल्याण हेतु सहि मार्ग दर्शन गर्दछ। हो, यिनै विषयवस्तु माथि विगत एक दशकभन्दा बढीको अनुभव संगाल्न सफल ज्योतिषाचार्य हुन् – आचार्य दिव्याश्री।
संस्कृतमा आचार्य गरेकी दिव्याश्री ज्योतिष विज्ञान एवं वास्तुशास्त्रमा विशेष दख्खल राख्दछिन्। नेपाली मुलकी ज्योतिष दिव्याश्री स्थायीरुपमा भारतको वृदांवनमा बस्दै आएकी हुन्। उनको अनुभव र दक्षताले ज्योतिष विज्ञानप्रति मानवको अपेक्षा एवं विश्वास झन गहिरो बन्दै आएको छ। युवा ज्योतिष दिव्याश्रीसंग ज्योतिष एवं मानवसंस्कार र सम्बन्धको विभिन्न आयमलाई मुलुक टाइम्सका लागि संजीव सिंह र राजेश्वर डी. श्रेष्ठले प्रष्ट पार्न खोजेको अन्तरसंवादका संक्षिप्त अंशहरुः
- ज्योतिषशास्त्र के हो?
ज्योतिष भन्नाले प्रकाशमयी हुनु हो। मानवलाई आफ्नो कर्मद्वारा प्रकाशपथमा डोर्याउनु नै ज्योतिषशास्त्रको मूल उद्देश्य हो। खगोलिय अध्ययन अर्थात ग्रह, नक्षत्र, तारा आदिको सुक्ष्म विश्लेषण र अध्ययन गरी मानविय पथ प्रर्दशन गर्नु नै ज्योतिषशास्त्र हो। ज्योतिष एक विज्ञान हो। यो विज्ञानमार्फत मानवको जन्मको समयअनुसार ग्रह, नक्षत्र, राशी र लग्नको आधारमा विस्तृत अध्ययनका साथै वर्तमान र भविष्यको बाटो देखाइन्छ।
- ज्योतिष विज्ञानप्रतिको विश्वास र आस्था धर्म एवं भविष्य संग जोडेर देखिन्छ, किन?
अवस्य पनि धार्मिक रंगरुपको चस्माबाट हेर्ने गरिन्छ। तर वास्तविकता फरक छ। खगोलिय अध्ययन कुनै एक धर्मको होइन? यो सम्पूणर् मानवसंग जोडिन्छ। जन्मको ग्रह र नक्षत्रको स्थान एवं समयले सम्पूणर् जीवनको घटनाक्रमलाई दर्शाउने गर्दछ। ज्योतिषले भाग्यसंगै कर्मको संतुलनलाई जोड दिन्छ। भविष्यको पथ देखाउँछ। कुण्डलीको आधारमा भविष्यको योजनालाई मार्गर्दशन गरिन्छ। ज्योतिषको प्रमाणिकरण संसारकै आदिकालिन ग्रन्थ ऋगवेदले पनि गरेको छ। ३० श्लोक ऋगवेदमा र १६२ श्लोक अर्थववेदमा लगायत कैंयन ग्रन्थमा ज्योतिषको पुष्टि गरिएको छ।
- जन्म कुण्डलीले जीवनमा कस्तो र कति प्रभाव पार्दछ?
जन्म कुण्डलीको प्रभाव मानव जीवनमा गहिरो र सत प्रतिशत हुन्छ। यसैको आधारमा भविष्यको योजना तय हुने गर्दछ। सहि र सुक्ष्म तरिकाले अध्ययन गर्दा सफलताको यात्रा तय गर्न सकिन्छ। भैपरी आउने घटनालाई टार्न सकिन्छ वा न्यूनिकरण गर्ने उपाय निकाल्न सकिन्छ।
गणितमा आधारित रहेकोले सहि र सटिक नतिजा निकाल्नमा कुण्डलीको अहम भूमिका हुन्छ। सतर्कता र सुावधानिपूर्वक कर्म गरेमा लक्ष्यलाई भेट्न मद्दत पुर्याँउछ।
- ज्योतिषमा रत्न र मन्त्रको महत्व कत्तिको हुन्छ?
ज्योतिष विज्ञानले रत्न र मन्त्रकै आधारमा मानव जीवनको सहि मार्ग तय गराउँछ। जन्मको समयमा नक्षत्र, ग्रह र राशिको स्थान, प्रभाव एवं गतिले भविष्यको मार्ग दर्शाउँछ। यद्यपी भविष्यको पथलाई सकारात्मक र उपलब्धिमुलक बनाउन कुण्डलीको अध्ययनको अधारमा तय गरिन्छ। आवस्यक रत्न र मन्त्रद्वारा नै जीवनको मार्गलाई सहि रुपमा तय गराउन सकिन्छ। ज्ञान आवस्यक छ, सोच सकारात्मक राख्नु पर्दछ र कर्म निरन्तर जरुरी हुन्छ।
- ज्योतिषको भविय र मानव जीवको अन्तर सम्बन्धलाई कसरी वणर्न गरिन्छ?
ज्योतिषको प्रभाव मानवजीवनमा सम्पूणर्रुपमा पर्दछ। ज्ञान, शिक्षा र अनुसन्धानले यसको प्रभावलाई प्रष्टयाँछ। भविष्यको पथलाई मार्गदर्शन गर्दछ। मानव शरिर एक ब्रम्हाण्ड सरह नै हो। जसरी चन्द्रमाले डेढ दिनमा आफ्नो राशीलाई तय गर्दछ। सुर्यले एक राशिको गतिलाई एक महिनामा तय गर्दछ, मंगलले ४०/४५ दिनमा तय गर्दछ र शनिले त्यही राशिलाई तय गर्न २ देखि ३ वर्षसम्मको अवधि लगाउँछ। फलस्वरप तन, मन, पराक्रम र समयको पहिचान एवं अध्ययन गरिन्छ। यसप्रकार हरेक एक ग्रह नक्षत्रले आ-आफ्नो प्रभाव हाम्रो जीवनमा पारिरहेको हुन्छ। ग्रह नक्षत्रको आफ्नै स्थान, प्रभाव र महत्व हुन्छ। सहि रुपमा यसलाई प्रयोगमा ल्याउँनलाई ज्योतिषी एवं ज्योतिष विज्ञानले अहम र बहुआयामिक भूमिका खेल्दछ।