
सुनिल उलक, काठमाडौं । २०७८ साउन २९, शुक्रवार
हरेक वर्ष सावन शुक्ल पञ्चमीको दिन हामी नाग देवतालाई सम्झदै पूजा अर्चना गर्दछौ । पौराणिक कथन अनुसार राजा परिक्षितको तक्षक नागले डसेर मृत्यु भएपछि उनका छोरा जन्मजेयले संसारमा भएका सम्पूर्ण नागको नास गर्न बिशाल सर्प यज्ञ गरेका थिए । यसरी सम्पूर्ण जातीको नै नास हुन लागे पछि बासुकी नागले आफ्नी बहिनीको सहायताले भाञ्जा आस्तिकलाइ ब्रम्हासंग कुरा गर्न लगाउछन् । ब्रम्हाले जन्मजेयलाई सम्झाइ बुझाइ सर्प यज्ञ रोकेर सर्प जातीसंग क्षमा मागेर पूजा गर्दछन् । यहि यज्ञ रोकेर सर्प जातीसंग क्षमा मागी पूजा अर्चना गरेको सावन महिनाको शुक्ल पञ्चमीको दिनमा त्यसै दिन देखी सम्पूर्ण जातीले पनि सर्प तथा नागको पूजा अर्चना गर्न थालनी भयो ।
कथा जे जस्तो भए पनि नाग तथा सर्पलाइ हामीले एक दिन सम्झेर नाग पूजा गर्दछाै र नागलाइ मन पर्ने दुध चढाउछाै । नाग पूजा गर्दा अचेल अत्याधुनिक रूपले बिभिन्न नागको तस्विर अंकित फोटोहरू घरका भित्तामा टासेर पूजा गर्दछाै । तर पहिले पहिले यसरी नागको आकृती छापिएका फोटोहरू पाइदैनथ्यो । त्यसैले घरमा आफैले आकृती कोरेर पूजा गर्ने गर्दथे ।
यसैको उदाहरण स्वरूप आज भन्दा ५३ वर्ष अगाडी बि.सं. २०२२ सावन १८ गते सोमवार नाग पञ्चमीको दिन लमजुङको चिट्टीमा नाग पूजा गरिएको तस्विर राखेको छु । यसमा हातले कोरीएको नागको फोटो घरको ढोका छेउ टासिएको छ । साथै अन्य हस्तलिखित फाेटोहरू;-

