May be an image of 1 person

मुलुक डेस्क, सिरहा । २०७८ साउन ५, मंगलबार

पुर्व सासंद एवं मन्त्री सरिता गिरि आउँदो स्थानीय चुनावमा सिरहा जिल्लाको लहान नगरपालिका मेयर पदमा लडने घोषणा गरेकी छिन् । ६० वर्षिय नेतृ गिरि लहान नगरपालिका वडा नं. १० कि स्थायी बासिन्दा हुन । राजधानी केन्द्रित राजनीति गर्दै आएकी गिरि गत साल सासंदबाट पदमुक्त भएपछी स्थानीय स्तरमा चुनाव लडने घोषणा गर्दै राजनीतिमा अर्को तरङ्ग पैदा गरेकी हुन् ।

आगामी चुनावमा लहानको मेयरमा प्रत्यासी हुने घोषणा आजै उनले आफ्नो फेसबुक मार्फत जनाएकी छिन् । वर्तमान मेयर मुनि साहको अधिनायकवादबाट जनतालाई मुक्ति दिलाउन उनले यो निर्णय गरेको बताएकी छिन् । नेतृ गिरिको अनुसार,” पाँच वर्ष स्थानीय स्तरमा रहि जनताको सेवा गर्ने छु। साथै स्थानीय स्तरमा लोकतन्त्र, समय सुहाउँदो बिकास निति र पारदर्शिता नभई सबैको बिकास हुन् सक्दैन ।” भनेर समेत स्पष्ट पारिन् ।

नेपाली राजनीतिमा बौद्धिक, शिक्षित र शालीन नेतृको रूपमा परिचीत गिरि बारम्बार विवाद र बर्खास्तीमा समेत पर्ने गरेकी छिन् । गत वर्ष संसदमा चुच्चे नक्साको बारेमा विवादास्पद बयान पश्चात् उनको चौतर्फी आलोचना हुनुका साथै सांसद पद पनि गुमेको थियो । यसैगरी बाबुराम भट्टराईको सरकारमा मन्त्री छँदा पनि उनी पदबाट बर्खास्त भएकी थिईन ।

राजनीतिक यात्रा:

सरिता गिरि २०४६ सालको जनआन्दोलन देखिनै नेपालमा सक्रिय राजनीतिमा संलग्न रहेकी छिन् । शुरुवातमा नेतृ गिरिले काँग्रेसबाट आफ्नो राजनीतिक यात्राको पदार्पन गरिन् । राजनीतिक एवं प्रशासनिक संरचनामा विभिन्न समुदायको बहिसष्करणको अंत्यका लागि एकात्मक केन्द्रीकृत शासन व्यवस्थाको अंतको विरुद्धमा आवाज बुलन्द गरिन् ।

संघीय समावेशी शासन प्रणालीको स्थापनार्थ २०५१ सालमा संघीय व्यवस्था र मधेशी मुक्तिका लागि संघर्ष गरी रहेको नेपाल सदभावना पार्टीमा प्रवेश गरिन् । स्व. गजेन्द्र नारायण सिंहको नेतृत्वमा नेपाल सदभावना पार्टीमा लामो समयसम्म विभिन्न पदीय दायित्व निर्वाह गर्दै कालान्तरमा सोही पार्टीको राष्ट्रिय अध्यक्ष भई लगभग ८ वर्ष सम्म कार्यरत रहिन् ।

२०४६ सालको प्रजातान्त्रिक आन्दोलनदेखि ०६२/०६३ काे गणतान्त्रिक आन्दोलनमा सरिक गिरिले मधेस आन्दोलन र महिला आन्दोलन समेतमा आफ्नो सश्क्त उपस्थिति एवं भुमिका निर्वाह गरेकी हुन् । ३२ वर्षिय राजनीतिक यात्रामा नेतृ गिरि पहिलो संविधान सभाको कार्यकालमा सभासद र मन्त्री समेत बन्न सफल भईन् । तत्पश्चात उनी २०७४ सालमा उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरिन् । र पुनः समानुपातिक तर्फबाट प्रतिनिधि सभा सांसद बन्न सफल रहिन् । हाल उनी कुनै दलसँग आवद्ध नभई स्वतन्त्र रहेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *