नेपालमा मुस्लिमको इतिहास

२७ असार २०७८ | मुलुक डेस्क

परिचय 

नेपालका इस्लाम धर्म मान्ने नेपाली मुस्लिमहरु विश्वका अन्य इस्लाम धर्म मान्नेहरु भन्दा विवकेशील, राष्ट्रवादी, शान्तिप्रिय, सहनशील र इस्लाम धर्मलाई सही अर्थमा बुझेकाहरु हुन भनी इतिहासका घटनाहरुले प्रमाणित गरिसकेका थिए । यसै सन्दर्भमा हिन्दू धर्म र इस्लाम धर्मको तुलना पनि गर्ने हो भने भौगोलिक र भाषिक भिन्नताको अन्तर बाहेक विशेष अन्तर छैन। नेपालमा हुने हिन्दू , बौद्ध , इस्लाम इत्यादि आज सबै नेपाली हुन।  नेपालका इस्लाम धर्म मान्नेहरुलाई नेपाली मुस्लिम नै भनिन्छ।

नेपाली मुस्लिम समुदायले नेपालमा हजारौं हजार वर्ष देखि बसोबास गर्दै आएको लामो इतिहास बोकेको धर्म हो । लगभग साढे ३ करोड जनसङ्ख्या भएको देश नेपालमा पाइने विभिन्न धर्महरुमध्ये इस्लाम धर्म पनि एक हो।  

नेपाली मुस्लिम प्रमाणित इतिहास : 

वि. सं. ८४० साल भन्दा अगाडि नै मल्लकालमा नेपालको व्यापारिक सम्बन्ध अरबसँग थियो । त्यतिबेला नेपालबाट कस्तुरी अरबमा निकासी गराएर राजाले नेपाली मुस्लिम युवाहरूलाई विदेशीसंग धेरै सामग्रीको व्यापारीक ओसारपसार गर्ने किसिमको सम्बन्ध बनाए । 

अरब देशहरूमा मल्ल राज्यबाट कस्तुरी, ऊन र धातुहरूको व्यापार हुने गरेको कुरा “हूदुद अल् आलम” (सन् ७८३) मा उल्लेख गरिएको पाइन्छ । अर्को किताबको कुरा गर्दा लिच्छवी वंशका राजा अंशुवर्माको टिष्टुङ्गको अभिलेखमा नेपालले फलाम, ऊन, चौंरी,  कस्तुरी, पित्तलका भाँडाहरू विभिन्न देशमा निर्यात गर्दथ्यो भन्ने उल्लेख गरिएको पाइन्छ । 

नेपाल एकीकरण अभियानमा पृथ्वीनारायण शाहले एकीकरण मिसनको सफलताका लागी चार आयामको व्याख्या गरेका थिए। त्यो मिसनको पहिलो हकदार राजा पृथ्वीनारायण शाह स्वयंम थिए भने दोस्रो हकदार त्यो मिसनका सैनिक कमाण्डरहरू र आफ्नो जीवनको आहूति दिन तयार भएर लडाइँ लड्ने सेनाहरू । तेस्रो हकदार मिसनलाई सार्थक परिणामसम्म पुर्याउनका निम्ति हात–हतियार, खर–खजाना र बन्दोबस्तीका सम्पूर्ण सामानहरूको निर्माण गर्ने कालीगढ तथा मिस्त्रीहरू । चौथो हकदार राज्य एकीकरणका निम्ति बनाइएका युद्ध सामग्रीहरू र रसदपानी, युद्ध मैदानमा ढुवानीका काम गर्ने मान्छेहरू थिए ।  तीमधये  तेस्रो तथा चौथो दर्जाका हकदार उनले नेपाली मुस्लिम समुदायलाई ठहर्याएका र जिम्मेवारी दिएका थिए। तिनले  हतियार बनाउने (भाला,पर्सि,खुकुरी) लडाइँका समयमा हातहतियार दिने , सैनिकलाई कराते सिकाउने लगायत बन्दोबस्तीका सामान र योद्धाहरूको रसदपानी लगायतका सामानहरूको ओसारपसारका कामहरू गर्दथे । जब उनले नुवाकोट विजय, मकवानपुर विजय र कान्तिपुर विजय र नेपाल एकीकरण अभियानमा नेपाली मुसलमानले दिएका योगदानहरु प्रष्ट इतिहासले बताउँछ । 

मल्लकाल भन्दा अगाडि देखि नै नेपाली मुस्लिम समुदाय मधेस (तराई) मा बसोबास गर्दथे ।  मधेसको भाषा, मधेसीहरूको मातृभाषा, मधेसी भाषा वा भोजपुरा भाषा र मुस्लिम समुदायको उर्दू पनि उनीहरूको पहिचान रहेको थियो ।

हामी सबैलाई थाह भएकै कुरा हो कि त्यतिबेला नेपाल भन्ने चलन  –मल्ल राजाहरुको राज्य कान्तिपुर, ललितपुर र भक्तपुर (भादगाउँ) रहेको – हालको काठमाडांै उपत्यका खाल्डोलाई मात्रै भन्ने चलन थियो। मुसलमानहरू तेह्रौं शताब्दीमा पहाडी जिल्लाहरूमा प्रवेश गरेको थिए । त्यही समयमा नै काठमाडौं उपत्यकामा मस्जिदहरू निर्माण भएका थिए । तराईमा भने त्योभन्दा पहिलादेखि नै मुस्लिमहरू बस्दै आएका हुन् । मदरसाहरूको स्थापना मल्लकालमा नै भएको इतिहासका पुरानो किताब र ग्रन्थमा उल्लेख गरिएको पाइन्छ। 

केहि घटनाहरुको रहस्य : 

१.)  सन् १३२४ नोभेम्बर (वि.सं. १३८१ साल) मा गयासुद्दिन तुगलक बङ्गालबाट दिल्ली फर्कदा तिरहुतबाट फर्केका थिए । त्यतिबेला नेपालको तराई प्रदेशमा सिम्रौनगढ स्वतन्त्र राज्य थियो । गयासुद्दिन तुगलकले सिम्रौनगढमाथि आक्रमण गरेका थिए । उक्त आक्रमणको ठीक २५ वर्षपछि सन् १४४९ (वि.सं. १४०६) मा बङ्गालका सुल्तान शमसुद्दीन तुग्लकले नेपालमाथि आक्रमण गरे । यो आक्रमणको पहिलो असर मल्ल राजाहरूको राजधानी भक्तपुरमाथि पर्यो । त्यसपछि मुस्लिमहरू क्रमशः कान्तिपुर र ललितपुरतर्फ बढे । उनीहरु ७ दिनसम्म काठमाडौं उपत्यकामा बसेको बताइन्छ । २ आक्रमणको एउटै लक्ष्य थियो– यहाँका राजा महाराजाहरुको मृत्य हुँदा उनका ८र१० वटी महारानीहरु राजासँगै सती जानुपर्ने धार्मिक प्रथालाई तोड्नु थियो । यसका लागि बङ्गालका सुल्तान समसुद्दीन तुग्लकले आक्रमण गरेको बताइन्छ । त्यसपछि सतीप्रथा तोड्न यहाँका राजामहाराजा राजी भए र बङ्गालका सुल्तान समसुद्दीन तुग्लकले काठमाडांै छाडेर गएको देखिन्छ । उनका सेनाका केही जवानहरु यहाँ रहेर मल्ल राजाका सेनालाई प्रशिक्षण दिने गरेका इतिहास भेटिन्छ । त्यस पछिका राजा जयस्थिति मल्लले नेपालमा अनेकौं सुधारहरू र विशेषतः प्रशासनिक सुधारको मुख्य आधार मुस्लिम शासकको सुझावलाई बनाएका थिए । मल्ल शासकहरू मुस्लिम संस्कृति र परम्पराबाट निकै प्रभावित भएका देखिन्छन् । उनीहरूले लगाएका वस्त्रहरू र उनीहरूले प्रयोग गरेका देवान, बक्सी, काजी, सरदार, उमराव, कोतवाल, अदालत, फैसला, मिसिल आदि प्रशासनिक शब्दहरूबाट पनि यो कुरा प्रष्ट हुन्छ । यहाँसम्म कि बङ्गालका सुल्तान समसुद्दीन तुग्लकले जुनबेला कान्तिपुरमाथि आक्रमण गरेका थिए, यहाँका धेरैजसो मठमन्दिरहरुलाई उनका सेनाले भत्काएका थिए । तर पछि यहाँका राजारजौटाहरुको अनुरोधमा उनले आफ्नै केही कारिगरहरु पठाई पशुपतिनाथ लगातका मन्दिरहरु समेतलाई मुस्लिम कारिगरहरुबाट पुनः निर्माण गर्न लागाएको इतिहास पाइन्छ । यसको साथै जनकपुरको जानकी मन्दिरसमेत मुस्लिम कारिगरहरुले निर्माण गरेको पाइन्छ । यसको प्रमाणस्वरुप जानकी मन्दिर अगाडि मन्दिर बनाउनुभन्दा पहिला मुस्लिम कारिगरहरुले आफूले नमाज पढ्नका लागि मन्दिरको अगाडि नै मस्जिद निर्माण गरेका थिए । मस्जिद अहिले पनि त्यहाँ छ ।

२.) मुस्लिम शासक हुमायुका समयमा कान्तिपुरका राजा महिन्द्र मल्ल दिल्ली गई नेपालमा स्वतन्त्र टक छाप्ने अनुमति समेत मागेका थिए । १३औं देखि १६औं शताब्दीसम्म नेपालमा मुस्लिम शासकहरूको मुद्रा प्रचलित थियो । ती टक चाँदीका हुन्थे, जसलाई “महिन्द्र मल्ली” भनेर चिनिन्थ्यो । 

३.)  राजा प्रताप मल्लको हनुमानढोकाको शिलालेख उर्दू लिपिमा लेखाएको पाइन्छ ।

४.)  शाके १६९९ मा पर्वतका राजा कीर्तिबम मल्लले आफ्ना गुरूलाई दिएको ताम्रपत्रमा उर्दू मोहरको गहकिलो छाप कुँदी दिएका थिए ।

५.)  अंग्रेजहरूको सहायता प्राप्त गर्न आवश्यक कुराकानी गर्नका निम्ति जयप्रकाश मल्लले एक उमराव नाम गरेका मुस्लिम युवालाई बेतिया पठाएका थिए ।

६.)  सेनाको प्रशिक्षणका लागि मुस्लिम युवाहरूलाई प्रयोग गरिएको थियो ।

७.)  सन् १७६५ (१८२२ वि.सं.) मा पृथ्वीनारायण शाहले एक मोजाम्जी भन्ने काश्मिरी मुसलमान व्यापारीलाई चिठ्ठी लेखी काठमाडौं उपत्यकामाथि विजय गरेपछि उनीहरूलाई घरजमिन दिई पुनः व्यापार सञ्चालन गर्न दिने वचन दिएका थिए ।

८.)  सन् १७७९ (१८३६ वि.सं.) मा मोजाम्जीलाई उक्त घर जग्गा फिर्ता दिई आफ्नो वचन पूरा गरे । राजा पृथ्वीनारायण शाहले शाह मिस्कीन सनाउल्लाहलाई काश्मिरीहरूको बेग्लै मस्जिद स्थापना गर्ने अनुमति पनि दिए । उक्त मस्जिद बनेको ठाउँको जग्गा शाह मिस्किन सनाउल्लाहका पितालाई प्रताप मल्लले प्रदान गरेका थिए ।

९.)  वि.सं. १८७८ मा राजा राजेन्द्र वीरविक्रम शाहबाट मुसलमानलाई लालमोहर प्रदान गरिएको पाइएको छ। 

१०.)  राणा शासन सुरु भएपछि सन् १८४६ सेप्टेम्बर (वि.सं. १९०३) बाट नेपालमा इस्लाम र मुस्लिम संस्कृतिको प्रभाव खुलेआम पर्न थालेको थियो । राणाहरूको लवाइखवाइ, बसाइ, बोलाइ, शानशौकतमा भारतीय मुगल सम्राटको राजर्षी शौखको प्रभाव परेको थियो । भाषा र संस्कृतिमा पनि उर्दू र फारसीको प्रभाव प्रष्ट देखिन्थ्यो । राणाहरुको भारतका राजारजौटाहरूसँगको लेखापढी उर्दू भाषा र लिपिमा नै हुन्थ्यो । अझ श्री ३ रणोद्वीप सिंहको हत्या गरी सत्तामा आएका वीरशमशेर जंगबहादुर राणाको समयमा यो प्रभाव अझ बढ्न गयो । विशेषतः संगीत क्षेत्रमा त मुस्लिमहरूको बोलबाला नै थियो । त्यतिखेर भारतबाट नेपाल आई बसोबास गरेका संगीतकार, कव्वाली गायक, तबला वादकहरूमा झुन्दे खाँ, सरदार खाँ, ताज खाँ, इनायत हुसैन खाँ, धग्गे नजीर खाँ, खयाली, हैदर खाँ, बन्दे अली खाँ, गुलाम हुसैन मुख्य थिए । दरबारमा उर्दू र फारसीको उच्चारण गर्न नजान्ने व्यक्ति दरबारको संगीत क्षेत्रका लागि अयोग्य साबित हुन्थ्यो । दरबारमा नाचगान र नाटकहरू पनि उर्दू र फारसी भाषामा नै लेखिन र खेलिन थालिए । दरबारमा नर्तकीहरूको नाम पनि हसिना, बुलबुल , दिलबहार, गुलसन, गुलबदर राखिए भने खेलिने नाटकहरू लैला–मजनु, सोहनी–महिवाल, सिरी–फरहाद, गुल्फाम, अलिफ–लैला आदि जस्ता हुन्थे ।

११.)  कला र कुटनीतिको क्षेत्रमा कुशल भएका हुनाले मुस्लिमहरूलाई शाह राजाहरूले विदेशमा पठाइने आफ्ना प्रतिनिधि मण्डलहरूमा पनि समावेश गर्दथे । राजा प्रताप मल्लले हनुमान ढोकाको शिलालेख उर्दू भाषामा लेख्न लगाएका थिए ।

१२.)  जङ्गबहादुर राणा प्रधानमन्त्री थिए त्यति खेर उनले भारतका अङ्ग्रेज शासकहरूलाई नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्ने देखाउन कैयनलाई नेपालमा शरण दिए । यसरी शरण पाउनेहरूमा अवधकी वेगम हजरत महल र उनका छोरा वीरजिद क्रद मुख्य थिए ।

१३.)  नेपाली मुस्लिम समुदायको शानशौकत देखेर जङ्गबहादुर राणा निकै प्रभावित भएका थिए । नेपाली जामे मस्जिद रहेको ठाउँ नजिकै शियाहरु ताजिया राख्ने गर्दथे । मुगल सम्राट बहादुर शाह जफरका इमाम मौलाना सरफराज अलि शाहले नेपाली जामे मस्जिद स्थापना गरेका थिए । हजरत महलको कब्रस्थान (समाधिस्थल) हालसम्म पनि नेपाली जामे मस्जिदको दक्षिणपट्टि सुरक्षित रहेको छ ।

१४.)  राणाकालीन समयमा काठमाडौं उपत्यकामा आएका मुसलमानहरूलाई बसोबास गर्न बटुकटोल र भोटेबहाल नजिकै पर्ने “खि गल” भन्ने ठाउँ दिइएको थियो । हाल काठमाडौंमा रहेका काश्मिरी मस्जिद र नेपाली जामे मस्जिद वरिपरिको भूभाग, विद्युत प्राधिकरण, त्रिचन्द्र क्याम्पस र पहिले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय रहेको जमलको जमिन पनि मुसलमानहरूकै थियो । घण्टाघर र त्रि–चन्द्र कलेज भएको स्थान मुस्लिमहरुको समाधिस्थल थियो । वीरशमशेर जबराको समयमा जमलको जमिन लिई बटुकको ठूलो जमिन दिइयो भने चन्द्रशमशेर जबराले त्रि–चन्द्र कलेज स्थापना गर्न उक्त जमिन लिई स्वयम्भूमा रहेको समाधिस्थल मुसलमानहरुलाई दिएका थिए ।

१५.)  राणाकालमा शिक्षा क्षेत्रमा भएको हस्तक्षेपले मदरसाहरूमा पनि प्रभाव प¥यो । त्यतिबेला जनताका छोरा–छोरीले पढ्न नपाउने भएकाले भारतको कोलकत्तामा पढ्न जान्थे । पञ्चायतीकालमा मदरसाहरू सयौं अस्तित्वमा आए । तिनीहरूलाई पञ्चायतले राम्रै अवसर दिएको बताइन्छ । २०४६ सालको राजनीतिक परिवर्तनपछि  मुस्लिम समुदायमा पनि राजनीतिक चेतना र शिक्षाको चेतना पलायो । मदरसाको सङ्ख्यामा उल्लेख्य वृद्धि भयो । २०५२ मा मदरसा आयोग र २०६३ मा मदरसा दर्ताको प्रावधान सरकारले ल्यायो ।

अङ्ग्रेज भारतमा थियो त्यतिबेला नेपालमा के भयो ?  : 

भारतका स्वतन्त्रता सेनानीहरुसँग हार खाई भारत छोड्न बाध्य भएपछि चतुर अंग्रेजले भारतमा रहेका मुस्लिम विरोधीहरुसँग साँठगाँठ गरी भारतलाई जातपात र मजहबको नाममा तीन भागमा विभाजित गर्न सफल भए । त्यस बखतका अंग्रेजका विश्वासपात्र तथा योजनाकार पण्डित जवाहरलाल नेहरु थिए । 

अंग्रेजलाई भारत छोड् भनेर आन्दोलनमा सबैभन्दा बढि त्यहाँका मुसलमानहरुले ज्यान, माल र खुनको बलीदानी दिएका थिए । अंग्रेजलाई डर थियो कि यदि यहि स्थितिमा भारत छोडेर गएमा भोलिका दिनमा यहाँका मुसलमानहरुले हामीलाई छोड्ने छैनन् । त्यतिबेलाका मुस्लिमहरु पढेलेखेका चतुर थिए । त्यसैले धर्म र मजहबका नाममा हिन्दु र मुस्लिमका नाममा हिन्दुस्तानलाई पूर्वी–पश्चिमी पकिस्तानको नामले बाँडेर गए । 

हिन्दु कित्तामा पण्डित जवाहरलाल नेहरु आए । मुस्लिमहरुले नचाहँदा नचाहँदै पनि हिन्दुस्तानबाट बलजफ्ती मुस्लिमहरुलाई चतुर अंग्रेजले बाँडेर गएको अवस्था छ । त्यसैले अहिले पनि भारतीय उपमहाद्वीपमा हिन्दु–मुस्लिमकै राजनीति बढि मात्रामा हुने गरेको छ । अंग्रेज भारत छाडेर गएपछि नेपालका तात्कालीन श्री ३ राणा प्रधानमन्त्री मोहनशमशेर जबरालाई जवाहरलाल नेहरुले बोलाई १९५० को नयाँ सन्धि गरेका थिए । तर त्यसको विरुद्धमा भारतका तत्कालीन नेता बल्लभ—भाइ पटेल जस्ताले भनिरहेका थिए कि अङ्ग्रेजले नेपालका राजारजौटाहरुलाई कर उठाई खानाका लागि दिएको हाम्रो भू–भाग फिर्ता हुनु पर्दछ । तर जवाहरलाल नेहरुको मनसाय थियो कि यदि भारतलाई हिन्दु राष्ट्र बनाउन सकिएन भने नेपालसित सन्धि गरी त्यसलाई त हिन्दु राष्ट्र बनाउन सकिने छ । उनले नेपालमा रहेका भूभाग नेपाललाई नै दिए जस्तै गरी १९५० को सन्धि गरेका थिए । त्यसैले हामीले बुझ्नै पर्ने हुन्छ कि नेपाललाई सबै पहिला हिन्दुकरण गरेको कारण त्यहिदेखि हो । 

भारतका शासक र तत्कालीन इष्टइण्डिया कम्पनी र हालको अमेरिका बीचको सन्धिसम्झौता मार्फत् मुस्लिम शासकले बनाएको व्यवस्थालाई समाप्त पार्न मुस्लिमहरुको धर्मिक स्कुल मद्रसामाथि विभिन्न बहानामा बन्देज गर्दै आएका छन् । हामी नेपाली मुस्लिम पनि बेलाबखत त्यसको शिकार हुने गरेका छौं । पहिलेदेखि नै बसोबास गर्दै आएका मुस्लिमहरुको इतिहास कट्टर ब्राह्मणले मेटाउन थाले ।

नेपालमा रहेका नेपाली मुस्लिमको इतिहास नेपाली राजारजौटाहरुको इतिहाससँग जोडिएको छ । राजारजौटाहरुसँग जो नजिक थिए, तिनीहरुको इतिहास जोडिएको भेटिन्छ । सबैभन्दा घतलाग्दो कुरा त के रहेको छ भने नेपालका रैथाने मुस्लिमहरुको इतिहास लेखिएको छैन । यहाँका विद्वान, इतिहासविद् भन्नेहरुले लेख्ने गरेका छन् कि नेपालमा रहेका नेपाली मुसलमानहरु सबै विदेशी हुन् । तर यो सत्य होइन । उदाहरणका लागि अहिले आएर हाम्रा नेपाली दाजुभाइहरुले धर्म परिर्वतनका लहरमा क्रिश्चियन धर्म अपनाइरहेका छन् के यी धर्म परिवर्तन गरेका सबै विदेशी हुन् त ? कसैले यो कुरा लेख्दैनन् ? षड्यन्त्र त केवल मुस्लिमहरुका लागि भइरहेको छ । पृथ्वीनारायण शाहको नेपाल एकीकरणलाई सघाउन बन्दुक, गोला र बारूद बनाउन मुस्लिमहरूलाई जिम्मा दिइएको थियो । तर इतिहासकारहरूले राजा पृथ्वीनारायण शाहको एकीकरण अभियानमा नेपाली मुस्लिमहरूले खेलेको भूमिका र बगाएको रगतको कहिंकतै पनि वर्णनसम्म गरेको देखिदैन । एकीकरण अभियानमा मुस्लिमहरूले बनाएका बन्दुकहरू आज पनि संग्रहालयहरूमा सुरक्षित छन् । संग्रहालयहरुमा पनि ती हतियारका निर्माणकर्ताहरूको नाम उल्लेख गरिएको देखिदैन । नेपालको एकीकरण पूर्व बाईसे र चौबीसे राज्यहरूमा पनि मुसलमानहरूको बसोबास भएको पाइएको छ । 

लोकतन्त्र – गणतन्त्र आएपछि : 

अन्तरिम संविधान, २०६३ को धारा ४ अनुसार “नेपाल एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्म निरपेक्ष, समावेशी र पूर्ण लोकतान्त्रिक राज्य हो” । धारा ३ अनुसार “यस राज्यमा रहेका वहुजातिय, वहुभाषिक, वहुधार्मिक, वहुसांस्कृतिक, विशेषतायुक्त समान आकाङ्क्षा राख्ने नेपालको राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टि रुपमा राष्ट्र हो ।” संविधानसभाले प्रस्ताव पारित गरी सङ्घीयता र गणतन्त्रलाई राज्यको परिचयमा गाँसेको छ । यहाँ हिन्दु,बौद्ध,इस्लाम, लिम्बू, सिख, किरात, प्राकृत आदि धर्मावलम्बीहरु पाइन्छन् । मुस्लिम समुदायका अगुवाहरु,विभिन्न संघ संस्था तथा स्वतन्त्र अध्ययन कत्र्ताहरुले भन्ने गरेका छन् कि नेपालमा मुस्लिमहरुको जनसङ्ख्या २५ लाखको हाराहारीमा रहेका अनुमान गर्दछन् ।

मुस्लिमहरुको जनसङ्ख्या केन्द्रीय तथ्याङ्क विभागमा रहेको २०६८ को तथ्याङ्कअनुसार नेपालको ७५मध्ये ७३ जिल्लाहरुमा उपस्थिति रहेको पाइन्छ । यो तथ्याङ्क अनुसार मात्र दुई जिल्ला मनाङ र मुस्ताङमा बसोबास भएको देखिदैन । तर केन्द्रीय तथ्याङ्क विभागको २०५८ सालको जनगणामा मुस्लिम समुदायको बसोबास नेपालको ७५वटै जिल्लामा देखाएको थियो । पछि २०६८ सालको जनगणनाले दुईवटा जिल्लामा नभएको देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागले प्रकाशन गरेको तथ्याङ्क आफैमा शुद्ध छैन । 

श्रोत सामाग्रीहरु :  

(१)जगदीशचन्द्र रेग्मीलिच्छवी संस्कृतिरत्न पुस्तक भण्डारकाठमाडौं२०३६पृष्ठ १५०(२)धनबज्र बज्राचार्यलिच्छवी कालका अभिलेखत्रि.वि. नेपाल र एशियाली अध्ययन संस्थानकीर्तिपुरकाठमाडौं २०३०पृष्ठ ३११३१३(४)ढुण्डिराज भण्डारीनेपालको आलोचनात्मक इतिहासप्रकाश प्रकाशन,काठमाडौं २०२७पृष्ठ ११३(५)डोरबहादुर बिष्टपिपुल्स अफ नेपालश्री ५ को सरकार प्रकाशन विभागकाठमाडौंसन् १९६७पृष्ठ ११(६)श्री आस्था अङ्क१६ विशेषाङ्क वर्ष४ २०५४ सालप्रकाशक नेपाल विद्वत्परिषद्का मुख्यपत्रबाट लिएको अशं(७)भारतका तत्कालीन शासक इष्टइण्डीया कम्पनी र तत्कालीन श्री ३ सरकार संगभएका विभिन्न सन्धी र समभौता आधारित केहि अंश(८)अब्दुल सलाम एम.ए. थेसीसनेपालमा मुस्लिमहरुको शैक्षिक अवस्था कस्ता छ भन्ने शिर्षकमा लेखेको इ.स.२००३ त्रि.वि.वि. भूगोल केन्द्रिय विभाग किर्तिपुर काठमाण्डौं

“नेपालमा मुस्लिमको इतिहास” को लेखक तनविर रेजा राइन हुन् ।  उहांले एक महिनासम्म श्रोत सामाग्रीहरु बाट र  पुरानो किताबहरुबाट पत्ता लगाएर सबै इतिहासलाई एक ठाउं ल्याई नेपाली मुस्लिम इतिहासको एउटा पुस्तक प्रकाशित गरेको हो ।  जुन चाहिं “नेपालमा मुस्लिमको इतिहास” नामको पुस्तक बन्न पुग्यो । राइनले कक्षा ११ मा अध्यनरत हुदा 2020 Dec मा  नेपाली मुस्लिमबारे इतिहास पत्ता लगाएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *