Saloni: How Will The Education System Be Post Covid?

०८ असार २०७८ | सुभाष कुमार कर्ण

“उज्ज्वल भविष्य को परिकल्पना या सुन्दर जीवनको “

कोरोना जस्तो बिपद मा पनि स्थानीय देखि केन्द्रमा नेतृत्व गर्ने ले आफुखुशी जनता को सेवा भन्दापनि कसरी बढी भन्दाबढी मुनाफा कमाउन सकिन्छ भने गतिविधि मा लागेको कुरा सर्वबिदितै छ । यस्तो घडीमा सरकारले जेजती गर्नु थियो गर्यो अबको पालो स्थानीय सरकारलाई विद्यालय संचालनको जिम्मा दिएको छ ।

बालबालिका को उज्ज्वल भबिस्य प्रती चिन्तित भै धेरै विद्यालय संचालन भै कोरोना वृद्धि को कारण पुनः बन्द गर्नु परेको अवस्था विगतवर्श मा पनि आएकै हो र अहिले पनि उतिकै खतरा रहेको छ । हो बालबालिका को भविस्य खराब हुन दिनु हुदैन हामी सब ले मनन गरेकै हो तर पनि बाध्यात्मक परिस्थितिमा विद्यालय बन्द गर्नु परेको हो । तर अब विद्यालय खोल्नु पर्छ भने सम्बन्धित निकायहरु सलबलाइ रहेको बेलामा भोलिका दिनमा बिधालय खोल्नु नै पर्ने वातावरण श्रीजना भएमा भौतिक श्रोत साधन कम भएको विद्यालयले अपनाउनु पर्ने साबधानीमा कुनै सुविधा उपलब्ध गराउन सक्दैन जहाँ सम्म मलाइ लागछ यस्तो विषम परिस्थितिमा तपाई आफ्नो बच्चाको भविस्य प्रती चिन्तित हुनु हुन्छ कि उसको ज्यान जोगाउने प्रती फैसला तपाईं को साथमा छ ।

सोचेर बिचार गर्नु होला विद्यालय सन्चालन पश्चात् विद्यार्थी मा कुनै किसिमको समस्या देखा परे त्यसको सम्पुर्ण जिम्मेवारी कसले लिने स्थानीय निकाय, संबंधित विद्यालय ,अभिभावक या स्वय बिद्यार्थी कसले लिने ? विभिन्न क्षेत्रबाट शिक्षक र विद्यार्थीहरु विद्यालयमा पढाउन पढ्न आउने भएकाले सुरक्षाको राम्रो व्यवस्था नहुनुले कोरोना फैलिन सक्छ सकिँदैन त्यस्को जिम्मेवारी कसले लिने ?विद्यालय सन्चालनमा हतार किन ?

बालबालिकाको भविष्य प्रती हामी सबै चिन्तित छौ तर भविष्यको भन्दा बालबालिकाको जिवनको चिन्ता बढी छ, हुनु पर्छ । मिति २०७८/०३/०७ गते को स्वास्थ्य तथा जनसंख्या मन्त्रालय को प्रेस बिज्ञप्तिमा नेपालमा डेल्टा भेरिएन्ट (B.1.617.2) र अल्फा भेरिएन्ट (B.1.1.7) दुई किसिमका भाइरस नयाँ फेला परेको जुन सबै उमेर समूहमा संक्रमणको बढी खतरा देखिएको अवस्थामा पनि हामी सचेत हुनु पर्नेमा असावधानी अपनाइ रहेका छौ बालबालिकालाई विद्यालय पठाउन हतार गरि रहेका छौ आखिर किन ?

With Schools Closed, Students Till Class 8 to Be Promoted to Next Class  Without Exams in UP

सामुदायिकविद्यालयमा कार्यरत शिक्षकहरु घर बसि बसि तलब खाइ रहेका छन भनी जनसमुदाय ,जनप्रतिनिधिबाट उठेको यो बिचारले शिक्षकहरुको आत्मसम्मानमा कहि न कहि चोट पुर्याएको छ ,घर बस्नु शिक्षकको रहर होइन समय र विश्वस्तरको वर्तमान परिस्थितिले बाध्य बनाएको छ ,तर पनि बालबालिकाको भविष्य प्रती शिक्षक जुनसुकै जुन समय जिम्मेवार चिन्तित रहेको छ तर कोरोनाले श्रृजना गरेको परिस्थितिबाट शिक्षक बाध्य भएको छ घर बसि तलब खान, पैसा र मानवको अहंकार सबै मजबुर र प्रयोग विहिन भैसकेको छ यो महामारीको बेला तर पनि हामी आफ्नो बालबालिका लाई जानी जानी मृत्युलाई अगाल्न विद्यालयमा पठाउन हतार गरि रहेका छौ ।

जब सम्म राज्यले पुर्न रुपमा मा कोरोना खतरा मुक्त घोषणा गर्दैन अभिभावक ज्यु हरु हतार नगरौ किनकी सामाजिक दुरि कायम हुन सक्दैन, सुरक्षाको भरपुर श्रोत र साधन उपलब्ध हुन सक्दैन कक्षा कोठाको आकार एउटै बेन्चमा 2/3 जना विद्यार्थी बस्ने अवस्था छैन यस्तोमा सुरक्षाको आशा गर्नु जानी जानी खाल्डोमा कुदनु हो । तर्सथ हरेक स्थितिलाई अध्ययन गरि उपयुक्त निर्णय लिन तपाईं अभिभावक, समाज, स्थानीय, प्रदेश र राज्य सरकार सबैको कर्तव्य जिम्मेवारी रहेको छ ।

सुभाष कुमार कर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *