जितेन्द्र सिंह | वैशाख २६, २०७८
व्यङ्गकार, चित्रकार र पत्रकार समाजका दर्पण हुन् । समाज र राष्ट्रमा भइरहेको विसंगती र दमनविरुद्ध उठ्ने पाइला, बोल्ने आवाज र लेख्ने शब्दहरु हुन् । कुनै जाति, धर्म र राजनीतिको मतीयार होइन् । उनीहरु स्वतन्त्र हुन्छन् । स्वतन्त्र र सही भन्छन् । जिम्मेवार र अनुकरणिय हुन्छन् । कमजोर र अन्यायका पक्षधर भनौं वा आवाज बन्छन् ।
नेपाल सनातनी हिन्दु राष्ट भएपनि संवैधानिकरुपमा धर्मनिरपेक्ष राज्य हो । यस अर्थमा पनि हरेक धर्म जातजातीको सम्मान र संरक्षण हुनै पर्दछ । यद्यपी बारम्बार हिन्दुवादीद्वारा नै हिन्दू धर्म संस्कार र आस्थामाथि व्यङ्ग एवं कटाक्ष प्रहार हुनु कदापी सभ्य तथा सार्थक होइन् । अर्थ, मर्म र नियत जे भए पनि सन्देश नकारात्मक र निन्दनिय नै हुन्छ । नागरिक दैनिकका कार्टुनिस्ट रविन सायमी ले बारम्बार हिन्दू धर्म माथि व्यङ्ग गर्दै यस्ता कार्टुन बनाउदैं आएका छन् । धर्म आस्थाको विषय हो, विवादको होइन् ।
सायमीको मात्रै होइन की अन्यको कार्टुनले पनि समय समयमा यस्तै खाले धार्मिक खेलवाड नगरेको होइन् । तर सन्दर्भ हो, वैशाख २४ गते नागरिक दैनिकमा छापिएको कार्टुन सम्बन्धमा । भगवान् शिवको लिङ्गलाई अक्सिजन सिलिन्डरको व्यङ्गात्मक शैलीमा प्रस्तुतीका साथ प्रधानमन्त्री ओलीको तस्विर ! प्रश्न तेर्सिन्छ के प्रधानमन्त्री ओली हिन्दूकालगि मात्र हो ? कि भगवान् शिवले विषपान गरे जस्तै ओलि लगायत सबैलाई आस्थाको अक्सिजन दिएर कोरोनाको महासंकटमा जीवनदान प्रदान गर्नु । यदि यस्तै हो भने त ठीकै हो । हिन्दू बाहुल्य नेपालमा पक्कै हिन्दूधर्मले समाज र राष्ट्रको सेवा र जीवन रक्षा गर्नेछ । भगवान शिव त प्रतिक पात्र न हुन् ! सबैको कल्याण गरुन् । र रविन सायमीलाई पनि सदबुद्धि प्राप्त होस की हिन्दूत्व र हिन्दू धर्मलाई पुनः स्थापित गर्ने प्रभावकारी कार्टुन जनता र राष्ट्र समक्ष कोर्दै जाउन् ।
व्यङ्ग र कटाक्ष नकारात्मकका लागि हुनु पर्यो । धर्मको रुपान्तरणलाई कार्टुनमा समेटनु पर्यो । इसाई धर्मले फैलाई रहेको होली वाइन र मष्टोको नाममा हिन्दूभित्र फाटो ल्याउने विकृत खेललाई उजागर गर्नु पर्यो । इस्लामको नाममा हिन्दू पुजारीको रहिस्यमय हत्या रोक्नु पर्यो । लवजिहादको विरुद्ध स्पष्ट चित्र कोर्नु पर्यो । एनजिओ र आइएनजिओको नाममा धर्म परिवर्तन गराउँदै गरेको रणनीतिक अभियानलाई कडा प्रहार गर्नु पर्यो । तर वास्तविकता उल्टो छ । पैसाको नाममा बिक्नेहरुलाई जात, धर्म र संस्कारको के चिन्ता ? प्रविधि र प्राविधिकको नाममा जसरी पनि अपव्याख्या गर्न के बेर ?
हो ! सरकार, सत्ता र समाजको गल्ती हुन सक्छ ? सभ्य र सचेतले त्यसको विरद्ध आवाज बुलन्द गर्ने हो न की कुनै एक धर्म र संस्कारको खेदो खन्ने हो । धरहरा संगै अस्पताल जरुरी छ । भ्युटावर संगै बृक्षारोपन जरुरी छ । मन्दिरसंगै गुरुकुल स्कूल र कलेज आवस्यक छ । एयरपोर्टसंगै चारकोसे झाडी आवस्यक छ । बाटो र बिजुलीसंगै सभ्यताको पहिचान र पानी जरुरी छ ।