सुजीतकुमार झा,
वर्ष : ०२ | अंक : १६ | फाल्गुण/चैत्र २०७६,
हिन्दुहरुले हर्षोत्सवको रुपमा मनाउने पर्वहो होली। होलीको सन्दर्भमा धार्मिक तथा सांस्कृतिक महत्वको सन्दर्भमा चर्चा गर्नु पर्दा वेदमा एउटा ‘होरक’ भन्ने शब्द छ। जसको तात्पर्य हो, आगोमा पोलेको अन्न। सम्भवतः त्यही शब्दबाट प्रायः मैथिलीमा ‘ओरहा’ शब्द विकसित भएको होला। धार्मिक दृष्टिले यदी हामीले हे¥यौं भने यस्तो बुझिन्छ कि यो वैदिक परम्परा हो। ‘होरक’ शब्दलाई अभैm प्रस्ट्यानु पर्दा हामीले होलीको पूर्व संध्यामा सम्मत (सम्वत्) जलाउने परम्परा रहेकोछ, त्यो सम्वतमा काँचो अन्न पकाउने परम्परा छ, र त्यस आगोमा पोलेको अन्न (आधा पाकेको) लाई प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ, घर–परिवारमा बाँड्ने र खाने प्रचलन छ। यस दृष्टिले हेर्दा बुझिन्छ कि वेदकालमा कहि न कहि यस प्रकारको परम्परा थियो।
धार्मिक दृष्टिकोणले यसै संग जोडिएका चारवटा कथाहरु छन जसमध्ये एउटा हामीले बुभ्mद छौं होलीका दहन सम्बन्धी प्रसंग, जुन कसरी ‘हिरण्यकश्यपु’ जसको शाब्दिक अर्थ हो स्वर्णशैय्यामा सुत्ने व्यक्ति र ‘प्रह्लाद’ अर्थात् आत्मिक आनन्द, आत्मिक आह्लाद। पौराणिक कथामा उल्लेख भए अनुसार प्रह्लाद विष्णुका भक्त थिए, उनका पिता हिरण्यकश्यपु असुर थिए। जसले प्रह्लादलाई मार्ने विभिन्न पर्यत्नहरु गरे तै पनि मरेनन प्रह्लाद। त्यस पछाडी हिरण्यकश्यपुले आप्mनो बहिनी होलिका जसलाई ब्रह्माले वरदानमा एउटा वस्त्र दिएका थिए जुन वस्त्र ओढेर आगोमा बसे पनि होलीकालाई आगोको कुनै प्रभाव हुँदैन थियो। हिरण्यकश्यपुले प्रह्लादलाई मार्न हातीले कुल्चिन लगाए तर प्रह्लाद मरेनन, त्यस पछाडी होलीकाको काँखमा राखेर आगोमा बस्न लगाए, आगो दन्किने बित्तिकै हवाको वेगले ब्रह्माबाट पाएको वस्त्र उडेर गयो होलीका भष्म भईन, प्रह्लाद विष्णुभक्त भएका कारणले मरेनन यो एउटा कथा हो।
शिवसंग सम्बन्धित कथा पनि छ, जतिखेर पार्वती घोर तपस्या गरे पनि शिवको मनमा कुनै आकर्षण भएन। शिव तऽ काम, क्रोध, लोभ, मोह, मादलाई जीतेका थिए। देउताहरुलाई बडो चिन्ता भयो, त्यस पछाडी देउताहरुले कामदेवलाई पठाउने निर्णय गरे, चारैतिर वसन्तको आगमन भयो, चारैतिर हरियाली छायो, नयाँ–नयाँ कोपलहरु उम्रे, चारैतिर सुरभिमय वातावरण थियो, त्यस पछी कामदेवले पञ्चवाण प्रहार गरे, जसलाई भनिन्छ – रुप, रस, गन्ध, स्पर्श, ध्वनीले जब महादेवलाई वेधित गरे र कामोद्वुत गर्ने चेष्टा गरे अनि शिवको नेत्र खुल्यो। त्यस पछाडी रति आउँछिन, त्यस पछाडी महादेवमा जुन कामको सञ्चार हुन्छ त्यसलाई सबैले उत्सवको रुपमा मनाउने गरेको कथा छ, जसलाई मदनोत्सव पनि भनिन्छ। त्यसैले होली मदनोत्सवको कथा संग पनि जोडिएको छ।
तेस्रो कृष्ण संग पनि जोडिएको होलीको कथा छ। सबै राक्षसहरुको बद्ध पश्चात् कृष्णले यमुनाको तटमा गोपीहरु संग रास रचाए। जुन दिन कृष्णले रास रचाए त्यस दिनलाई हामी होलीको रुपमा मनाउने गर्दछौं। चौथो प्रसंगको रुपमा मिथिलामा विवाह पश्चात् रामले सीतासंग खेलेको होलीलाई हर्षोत्सवको रुपमा मनाउने प्रचलन आज पनि छ, जसको उदाहरणको रुपमा मिथिलाका नव विवाहित युवाहरु ससुरालीमा होली मनाउन रुचाउँ छन। मिथिलामा मान्यता छ ससुरालीको होलीमा आनन्दको उत्कर्ष हुन्छ।
सामाजिक रुपमा खास गरेर हेर्ने हो भने गहुँ काटे पछाडी मनाउने पर्व हो यो, यसमा गहुँको पुआ, पुडी जस्ता परिकारहरु पकाउने प्रचलन छ। गहुँ अर्थात् गोधूम, गो को अर्थ ईन्द्रिय र धूम को अर्थ आनन्द, ईन्द्रिय–आनन्द। अर्थात् ईन्द्रियको आनन्दका लागि मनाउने पर्वको रुपमा पनि लिन सकिन्छ। सांस्कृतक रुपमा हेर्ने हो भने यो शौहार्द र प्रेमको उत्सव हो, पर्व हो। यस संगसंगै यसलाई प्रतिकात्मक रुपमा लिनुपर्दछ त्यस पछि मात्रै सांस्कृतक पक्ष हामी बुभ्mन सक्द छौं। कुनै पर्व संग जुन सम्बन्धित कथा छ त्यो रुपकको ढंगले भन्न खोजेको हो कि, काव्यात्मक ढंगले भन्न खोजेको हो कि, प्रतीकको रुपमा कुन प्रकारको सन्देश समाजमा दिन खोजेको हो त्यो बहुत स्पष्ट छ यसको सन्देश जो हिरण्यकश्यपु सर्वसत्तावादी शक्तिको प्रतीक हो, अधिनायकवादको प्रतीक हो, भौतिकतावादीको पराकाष्ठाका साकार प्रतिमूर्ति हामी भन्न सक्छौं। त्यो हिरण्यकश्यपु विभिन्न प्रकारले प्रयत्न गर्द छ कि आध्यात्मिक मूल्यलाई, सामाजिक मूल्यलाई, पारम्परिक मूल्यलाई समाप्त गर्ने पर्यत्न गर्द छ, तै पनि पराजित हुन्छ। तात्पर्य यो छ कि जहिले पनि सर्वसत्तावादी शक्ति दमनको पराकाष्ठामा पुग्द छ त्यतिखेर नर नरसिंहको रुप लिने गर्द छ, जुन कि हामी विभिन्न आन्दोलनहरुमा हेरेका छौं र हेर्दै पनि छौं कहाँ–कहाँबाट व्यक्तिहरु त्यस्ता प्रवृतिलाई समाप्त पार्न निस्किने गर्द छन् र त्यस पछाडी हिरण्यकश्यपु जस्ता प्रवृत्तिहरु नेस्तनाबुद हुने गर्द छ। उच्चमूल्य भन्नाले आध्यात्मिक मूल्य, मानवीय मूल्य जे भने पनि त्यो मूल्य सदा–सर्वदा बाँच्द छ त्यो बुझाउने पर्यत्न यो होली पर्वले हामीलाई गर्द छ, यदि हामीले बुभ्mनसक्यौं भने यस पर्वको सार्थकता छ। खास गरी मिथिला, मधेशमा श्रीपञ्चमीको दिन देखि रंग अवीर खेल्ने परम्परा छ। यती मात्र होईन श्रीपञ्चमीको राती देखी प्रत्येक गाउँ–टोलमा राती डम्फमा गीत गाउने परम्परा छ, जसमा प्रायः कामोत्तेजक गीतहरु गउने गरिन्छ। हुन त आज भोली यो परम्परा प्रायः लुप्त हुँदै गएको छ। होलीको दिन घर–परिवारका सदस्यहरु एक–आपसमा रंग लगाएर रमाउने गर्दछन् भने खास गरि मिथिलामा घर बाहिर महिलाहरु आप्mनो समूहमा र पुरुषहरु आप्mनो समूहमा रमाउने गर्दछन्। रंग पर्वको सम्बन्धमा वरिष्ठ साहित्यकार, संस्कृतिविद् डा. राजेन्द्र विमल भन्नु हुन्छ – रंगको पर्व मात्र हामी कहाँ होईन, रोमन साम्राज्य जुन थियो त्यहाँ पनि ‘फेस्टा’ ‘मेट्रोनालिया’ जस्ता कतिपय पर्वहरु रोमनहरुले मनाउने गर्दथ्यो जसमा यसै प्रकारले रंगले खेल्ने गर्दथे उनीहरु। जर्मनीमा पनि हुन्थ्यो रंग पर्व त्यहाँ पनि आनन्दकै रुपमा प्रदर्शन थियो।
यसलाई साइकोलोजीको रुपमा हेर्ने हो भने यस सम्बन्धमा फ्राइडको चर्चा गर्नु पर्ने हुन्छ। फ्राईडले भन्नु हुन्छ – मान्छे भित्र जुन सहज काम भावना हुन्छ त्यसको निकास पारम्परिक मूल्यको कारण वा सामाजिक मूल्यको कारण जब कहीं हुँदैन तब कुण्ठा जन्मिन्छ, जसले मान्छेमा अनेक प्रकारको रोग हुन्छ भन्ने मान्नु हुन्छ फ्राईड। त्यसैले यसको निकास कुनै न कुनै प्रकारले हुनुपर्दछ होईन भन्ने मान्छे अस्वस्थ्य हुन्छ, त्यसरी नै समाज अस्वस्थ्य हुन्छ। यसै सन्दर्भमा बहुत गम्भीर उदाहरण दिनु हुन्छ ‘ओशो’ पश्चिमी समाजमा जहाँ यती यौन कुण्ठा छैन, वर्जना छैन उनीहरु चन्द्रमाको वरिपरी घुम्ने गर्दछन् र हाम्रो समाजका युवाहरु यौनिक कुण्ठाले ग्रसित भएका कारण दमित भएका कारण चन्द्रमाको पछाडी न घुमी चन्द्रमुखीहरुको पछाडी घुम्ने गर्दछन्। तात्पर्य यो छ कि निकास चाहियो, एउटा अवसर चाहिन्छ।
होली पर्व एउटा मदनोत्सव भएको हुँदा यसमा एउटा अवसर दिने गरिन्थ्यो। होलीमा बडो उन्मुक्त ढंगले मनमा लागेका कुराहरु श्रृंगारिक तवरले गीत र जोगिराको माध्यमले अश्लील प्रसंगहरु आएको भेटिन्छ। जस्तै – गोरी कहवाँ गोदओले गोदना, हो हो पियाके पलंगपर रोदना, बँहिया गोदओले जँघिया गोदओले बाँकी रहल ….. भन्ने हो भने वसन्तको महिना नै उन्मादक हुन्छ र खास गरी होलीमा रुप, रस, रंग, स्पर्श, ध्वनी पञ्चतत्वको आनन्द हुन्छ। तृप्ति भेट्द छ। पारम्परिक रुपमा हेर्ने हो भने प्रारम्भमा श्रृंगार थियो, अश्लीलता थिएन। कालान्तरमा यसमा विकृतिका कारण अश्लीलता प्रवेश गरेको पाईन्छ।
होली पर्व लाई आत्मियताको पर्व, आनन्दको पर्वको रुपमा लिने परम्परा भए तापनि आज–भोली यसमा ह्रास आएको अनुभूति हामी सहजै गर्न सक्द छौं। पहिला–पहिला समूह बनाएर एक अर्काको घर दैलोमा जाने चलनमा कमी आएको छ। राग–द्वेस बिर्सेर एक आपसमा मिल्ने गर्दथे भने आज–भोली केही उछृंखल तत्वहरु रिस पोख्ने र प्रतिशोध लिने अवसरको रुपमा प्रयोग गर्न लागेको पनि हामी पाउँद छौं, रंग–अवीरको ठाउँमा पेण्ट, डिजल, मोविल प्रयोग गर्ने र अत्याधिक मात्रामा मादकपदार्थको सेवन गर्ने गरेको पाईन्छ। यसमा हामी सबैले विचार पु¥याउनै पर्ने भएको छ। यस्ता विकृतिहरुको न्यूनी करण आजको टडकारो खाँचो रहेको छ। होली लाई असत्य माथी सत्यको विजयको रुपमा हर्षोल्लासका साथ ईष्र्या–द्वेष त्यागेर मौलिक रुपमा आनन्द उत्सवको रुपमा मनाऔं। सबैलाई होलीको शुभकामना।