सुजीतकुमार झा,
वर्ष : ०३ | अंक : २२ | फाल्गुण २०७७,
जनकपुरधाममा मैथिली कथा गोष्ठी अभियान शुरु गरिएको छ। साहित्यिक कार्यक्रमलाई बढाबा दिने उद्देश्यले यसप्रकारको गोष्ठी भइरहेको छ। मैथिली विकास कोष जनकपुरधामद्वारा भइरहेको मैथिली भाषाको सो गोष्ठीमा पुरानादेखि नयाँ कथाकारहरुको सहभागिता रहने गरेको छ। सांसद एवं जनता समाजवादी पार्टीका नेता रामअशिष यादवले मैथिलीको समृद्ध विद्या मध्येको एक कथाको विकासमा यस्ता गोष्ठीले प्रभावकारी कार्य गर्ने बताए। कार्यशाला जस्तो गोष्ठीमा नयाँ लेखकलाई पुराना अनुभवीहरुले सिखाउँछन यस्ले नयाँ लेखक बनाउन सहयोग पुग्ने उहाँको कथन रहेको छ।
सांसद एवं नेपाली कांग्रेसका नेता रामसरोज यादवले मैथिली नेपालको उन्नत भाषा रहेको चर्चा गर्दै प्रदेश २ सरकार यो भाषा विकासका लागि कुनै कार्य नगरेकोमा चिन्ता व्यक्त गरेका छन। मैथिली भाषासंग घृणा किन उहाँले प्रदेश सरकारसंग प्रश्न गर्नुभयो। कार्यक्रमको अध्यक्षता गर्दै मैथिली विकास कोषका अध्यक्ष जिवनाथ चौधरीले प्रदेश २ को मुख्य भाषा मैथिली राख्नमा प्रदेश २ का सांसदहरुलाई किन समस्या भइरहेको प्रश्न गर्नुभयो। मैथिली लेखक, भाषाभाषी सबैले प्रदेशको मूल भाषा बनाउन दबाब दिनुपर्ने बताए।
कथा गोष्ठीमा रोशन जनकपुरी, श्यामसुन्दर शशि, सुजीतकुमार झा, विजय दत्त मणि, पुनम झा मैथिली, परमेश्वर कापडि, धीरेन्द्र झा मैथिली, नित्यानन्द मण्डल, प्रेम विदेह ललन, राजेन्द्र ललन, सपना कणर्, आभाष कणर्, फुलेन्द्र कणर् सहितका कथाकारहरुले कथा बाचन गरेका थिए। पठित कथामाथि बोल्दै मैथिलीका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालले कथा लेख्नु भन्दा पहिला राम्रो गृहकार्य गर्नेले मात्रै राम्रो लेख्न सक्ने वताए। उनले अन्य भाषाको कथा पढन पनि सल्लाह दिए।
अर्का समीक्षक रोशन जनकपुरीले कथा लेखनमा कथ्य र शिल्प दूबैको समान आवश्यक्ता रहेको चर्चा गर्दै राम्रो कथ्य भएपनि शिल्पको अभावमा अगाडि बढन सक्दैनन यसैगरी राम्रो शिल्प भएपनि कथ्यको अभावमा कथा पूणर्ता प्राप्त गर्न सक्दैनन उल्लेख गरे। समालोचनाको क्रममा तिनीहरुले कथाकारहरुलाई निरन्तर लेखन गर्न सल्लाह दिएका थिए। मैथिली कथा अन्तराष्ट्रिय स्तरको रहेपनि सरकारी सहयोगको अभावमा जुन विकास हुनुपर्ने त्यो नभएको समालोचक जनकपुरीले वताए
समीक्षक श्यामसुन्दर शशिले कथाका लागि भाषा र संवादमा पनि जोड दिनुपर्ने सल्लाह दिए भने समीक्षक नित्यानन्द मण्डलले परिवारिक समस्यामा मैथिली कथा बढी केन्द्रित रहेकाले ज्ञान विज्ञान सहित संसारका घटनालाई पनि कथामा राख्न लेखकलाई सल्लाह दिए ।